बिजनेस

महिला र वालवालिकाकालागि क्वारेण्टाइन र आइशोलेशन अलग बनाउन माग



कपिलवस्तु २० जेठ राष्ट्रिय सभा सदस्य बिमला घिमिरेले कोरोना संक्रमित महिला र क्वारेन्टाइनमा भएका महिला तथा वालवालिकाहरुलाई विशेष ध्यान पुर्याउनु पर्ने बताउनु भएको छ । संक्रमित महिला र वालवालिकालाई समयमा अस्पताल पुर्याउन र क्वारेन्टाइन व्यवस्थित गर्न स्थानिय सरकार जिम्मेवार हुनु पर्नेमा जोड दिनु भएको छ । अरुको तुलनामा महिला तथा वालवालिकालाई वढि समस्या रहने  भएकोले विशेष ध्यान पुर्याउन उहाँले सम्बन्धित स्थानिय सरकारका जनप्रतिनिधिलाई आग्रह गर्नु भएको हो ।

        कपिलवस्तु जिल्लामा कोरोना संक्रमितको संख्या बढेकोमा चिन्ता व्यक्त गर्दै आफुले केन्द्रबाट कोरोना अस्पताल बनाउन र क्वारेन्टाइनहरु व्यवस्थित बनाउन पहल गरेको जनाउनु भयो । मंगलवार जिल्लाका अगुवा महिलाहरुसँगको जुम मिटिङमा  उहाँले यस्तो बताउनु भएको हो ।सांसद घिमिरेले जिल्लामा क्वारेन्टाइनको अवस्था , संक्रमितहरुको अवस्था वुझ्ने र व्यवस्थापन गर्ने काममा जिल्ला समन्वय समितिले पनि सघाउनु पर्ने औल्याउनु भयो । 

        उक्त वैठकमा बोल्दै नेकपाका नेता सन्तोषी पाण्डेलले कोरोना भाइरसबाट बच्न सबै आआफ्नो स्थानबाट लाग्न  आग्रह गर्नु भयो  । उहाँले अगाडि भन्नु भयो , सरकारलाई दोष दिएर मात्र पुग्दैन लकडाउनको पालना गर्दै सबै  सुरक्षित रहेर  अरुलाई पनि त्यस्तै वनाउनु पर्ने वताउनु भयो । वैठकमा बोल्दै नेकपाका नेता सूर्य कुमारी शाहिले कोरोनाबाट महिला तथा वालवालिका बढि प्रभावित भएको भन्दै यसमा सबैले उच्च ध्यान दिन आवश्यक रहेको विचार राख्नु भयो ।  जिल्लामा प्रयाप्त मात्रामा पिसीआर  किट उपलब्ध हुनु पर्ने  भन्दै सांसदले यसको प्रबन्ध मिलाउन आग्रह गर्नु भयो । कार्यक्रममा अधिकारकर्मी चेतना अधिकारीले कोरोना संक्रमितलाई र उनीहरुका घर परिवारलाई समाजले फरक दृष्टिकोणले हेर्न नहुने बताउनु भयो । 

         यस्तै नेतृ शान्ता पाण्डेले क्वारेन्टाइनहरु महिला तथा वालवालिका मैत्री नरहेको स्पष्ट पार्नु भयो ।  पार्वती पाण्डेले पत्रकार महिला संक्रमित बनेको यस परिबेशमा महिला नेतृत्वले तीनवटै तहका सरकारसंग समन्वयात्मक भूमिका खेलेर महिला र वालवालिकाको हितमा सुधार ल्याउनु पर्ने स्पष्ट पार्नु भयो । 

प्रकाशित : २१ जेष्ठ २०७७, बुधबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६