प्रदेश

राष्ट्रिय जनमोर्चाद्वारा संघीयता खारेजीको माग गर्दै संविधान संशोधन विधेयक दर्ता



काठमाडौँ, २१ जेठ । राष्ट्रिय जनमोर्चाले संघीयता खारेजीको माग गर्दै संविधान संशोधन विधेयक दर्ता गरेको छ । सांसद दुर्गा पौडेलले बुधबार गैर सरकारी विधेयकका रूपमा संविधान संशोधन विधेयक दर्ता गर्नु भएको हो । देशले संघीयता धान्न नसक्ने भएकाले केन्द्रीय र स्थानीय तह कायम हुनेगरी संविधान संशोधन गर्न विधेयक दर्ता गरिएको जनमोर्चाले जनाएको छ । मुलुकको विकास नहुनुको प्रमुख कारक संघीयता रहेको भन्दै जनमोर्चाले संविधानमा रहेको संघीयताको व्यवस्था हटाउनुपर्ने विधेयकमा उल्लेख गरेको छ ।

        जनमोर्चाले २०६४ सालबाट नै प्रदेशको संरचना उपयुक्त नहुने मत राख्दै आएको अध्यक्ष चित्र बहादुर केसीले बताउनुभयो । सरकारले नेपालको नक्साअनुसार निशान छापमा रहेको नक्सा सच्याउन संविधान संशोधन विधेयक दर्ता गरेको थियो । उक्त विधेयक संशोधनको प्रक्रियामा गइसकेको छ ।

        त्यसपछि समाजवादी र राजपाले पनि आफ्ना माग सम्बोधन हुनुपर्ने भन्दै संविधान संशोधनको गैरसरकारी विधेयक दर्ता गरेका छन् भने कांग्रेसका ८ जना सांसदले मंगलबार संविधान संशोधन विधेयक दर्ता गरेका छन् ।

प्रकाशित : २१ जेष्ठ २०७७, बुधबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६