एजेन्सी, २२ जेठ । एकै दिन भारतमा ९ हजार ६३३ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । विश्वको ७ औं नम्बरको सूची र एसियाली मुलुकमा सबैभन्दा बढी कोरोना भाइरसको संक्रमण देखिएको भारतमा संक्रमितको संख्या २ लाख १६ हजार ८२४ पुगेको छ । संक्रमितमध्ये १ लाख ४ हजार ७१ जना निको भएका छन् ।
भारतमा कोरोना भाइरसको संक्रमणबाट ६ हजारभन्दा बढीको मृत्यु भएको छ । पछिल्लो २४ घण्टामा २५९ जनाको मृत्यु भएसँगै भारतमा कोरोनाबाट ज्यान गुमाउनेको संख्या ६ हजार ८८ पुगेको वल्डोमिर्टसको तथ्याङ्कमा उल्लेख छ।
कोराना भाइरस (कोभिड–१९) को संक्रमण फैलिने क्रम नरोकिएपछि भारतमा मार्च २४ देखिको लकडाउन ५ औं चरण पुर्याउदै जुन ३० सम्म थपिएको छ । भारतले लकडाउन जुन १ देखि क्रमिक रूपमा खुकुलो बनाउँदै गएको छ । भारतमा लकडाउन खुकुलो पारेसँगै त्यहाँ संक्रमण पनि बढ्दै गएको छ ।
प्रतिक्रिया