एजेन्सी, २२ जेठ । विश्वभर महामारीको रुपमा फैलिएको कोरोना भाइरसको कहरले विहीबार विहान समाचार तयार पार्दासम्म ६५ लाख ६७ हजारभन्दा बढी मानिस संक्रमित भएका छन् । विश्वभर ६५ लाख ६७ हजार ५८ जना संक्रमित भएका छन् । पछिल्लो २४ घण्टामा १ लाख १३ हजार ३३३ जना नयाँ संक्रमित थपिएका छन् । यस्तै एकैदिन अरू ४ हजार ४२९ जनाको मृत्यु हुँदा ज्यान गुमाउनेको संख्या ३ लाख ८७ हजार ९०० पुगेको वल्डोमिटर्सको तथ्याङ्कमा उल्लेख छ ।
कोरोना भाइरस पुष्टि भएका ३० लाख १४ हजार ९०५ जनाको उपचार भइरहेको छ । विश्वभर ५४ हजार २०१ जनाको स्वास्थ्य अवस्था गम्भीर छ । त्यस्तै ३१ लाख ६४ हजार २५३ जना निको भएका छन् । कोरोना भाइरसकै संक्रमणबाट युरोपियन मुलुकहरुमा १ लाख ७६ हजार ४४६ जनाको मृत्यु भएको छ । २० लाख २८ हजार २४१ जना संक्रमित भएकोमा १० लाख २७ हजार ८५४ जना निको भएका छन् ।
एसियाली मुलुकहरुमा ३२ हजार ४६५ जनाको मृत्यु भएको छ । १२ लाख २६ हजार ६३१ जना संक्रमित भएकोमा ७ लाख ४८ हजार ५१३ जना निको भएका छन् । अफ्रिकी मुलुकहरुमा ४ हजार ६२७ जनाको ज्यान गएको छ भने १ लाख ६४ हजार ९८५ जना संक्रमित छन् । संक्रमितमध्ये ७२ हजार ३८० जना निको भएका छन् ।
विश्वमा सबैभन्दा बढी कोरोना भाइरसको प्रभाव परेको अमेरिकामा १९ लाख १ हजार ७८३ जना संक्रमित भएका छन् । त्यहाँ १ लाख ९ हजार १४२ जनाको मृत्यु भइसकेको छ । ६ लाख ८८ हजार ६७० जना कोरोना भाइरस संक्रमण मुक्त भएका छन् । अमेरिकामा प्रहरीले एक जना काला व्यक्तिको हत्या गरेपछि त्यहाँ भएका प्रदर्शनहरुले पनि संक्रमितहरु बढेको बताइएको छ । अमेरिकामा कोरोना भाइरसकै कारण ४ करोड मानिसहरु बेरोजगार भएका छन् ।
प्रतिक्रिया