स्वास्थ्य

शितगंगाका क्यारेन्टाइनमा प्रदेशको ध्यान :आर्युवेद औषधी, योगा ,नृत्य ,ध्यान र हास्यसेवा



अर्घाखाँची २२ जेष्ठ। अर्घाखाँची जिल्लाको शितगंगा नगरपालिकामा रहेका क्यारेन्टाइनमा आर्युवेद औषधिहरु, योगा नृत्य ध्यान हास्य लगायतका सेवाहरु प्रदान गरिएको छ ।सामाजिक बिकाश मन्त्रालय प्रदेश न  ५ बुटवलको निर्देशन अनुसार आर्युबेद चिकित्सक पध्दती द्वारा कोरोना नियन्त्रण तथा ब्याबस्थापनको बिषयमा जारी गरिएको श्रोत सामाग्री २०७७ बमोजिम दोस्रो चरणको अभियान अन्तरगत जिल्लाको सितगङा नगरपालिकाको विभिन्न क्यारेन्टाइन स्थलमा सेवाहरु प्रदान गरिएको छ ।

     विभिन्न किसिमका आर्युबेद औषधिहरु गुड्की चुर्ड, आमलकी चुर्ड,आश्वगन्धा चुर्ड, सुत्केरी महिलाको लागि सताबरीचुर्ड लगायत बितरण गर्नुका साथै योगा नृत्य ध्यान हास्य लगायतका सेवाहरु प्रदान गरिएको हो ।उक्त क्यारेन्टाइन स्थलहरुमा प्रदेश सभा सदस्य रामजी प्रसाद घिमिरे, आर्युबेद स्वास्थ केन्द्र सन्धीखर्कका प्रमुख डा अर्जुन राज शर्मा , कबिराज कमल प्रसाद आचार्य , बैध पशुपति पन्थी स्थानीय वार्डका प्रतिनिधि लगायतको उपस्थिति रहेको थियो ।

        शितगंगका मेयर सूर्य प्रसाद अधिकारीले प्रदेश सरकारले अरु केहि गर्न नसकेपनि प्राकृतिक चिकित्सा क्षेत्रमा सहयोग गर्न थालेछ  भन्दै प्रदेश पन्छिएर समस्या समाधान नहुने औल्याउनुभयो । 

प्रकाशित : २२ जेष्ठ २०७७, बिहिबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६