प्रदेश

देशभर २४ घण्टासम्म वर्षा हुने, यस्तो छ तीन दिनको मौषम पूर्वानुमान



काठमाडौं, २३ जेठ । जल तथा मौसम पूर्वानुमान महाशाखाले अबको २४ घण्टासम्म देशका बिभिन्न स्थानमा वर्षा हुने पूर्वानुमान गरेको छ । अरब सागरमा निर्माण भएको निसर्ग चक्रवात कमजोर हुँदा बनेको न्यून चापीय क्षेत्रको प्रभाव र स्थानीय, पश्चिमी वायुको प्रभावका कारण आज दिनभरी र राति समेत देशका बिभिन्न स्थानमा वर्षा हुने महाशाखाले जनाएको छ । यो क्रम रातिसम्म नै कायम रहने महाशाखाले जनाएको छ ।

        महाशाखाका अनुसार अहिले प्रदेश १, २, बागमती, गण्डकी र प्रदेश नं. ५ का अधिकांश स्थानमा वर्षा भइरहेको छ । दिउँसोसम्म अन्य प्रदेशमा पनि वर्षा हुनेछ ।

जेठ २३ गते शुक्रबार

दिउँसोः  प्रदेश १, २, ५, बागमती र गण्डकी प्रदेश मा पूर्ण बदली  रही बाँकी भूभागमा मौसम सामान्य बदली  रहनेछ। प्रदेश ५, सु.प. प्रदेश, कर्णाली तथा गण्डकी प्रदेशमा हल्का वर्षाको  सम्भावना रहेको छ। प्रदेश १,२, बागमती प्रदेश र गण्डकी प्रदेशको अधिकांश स्थानहरुमा   मेघगर्जन र चट्याङ सहित  हल्का देखि मध्यम वर्षाको  सम्भावना रहेको छ।

रातीः  प्रदेश २, ५, बागमती र गण्डकी प्रदेश मा पूर्ण बदली  रही बाँकी भूभागमा मौसम सामान्य बदली  रहनेछ। प्रदेश १,२, बागमती, गण्डकी प्रदेश र प्रदेश ५को पूर्वी भूभाग का केही स्थानहरुमा  मेघगर्जन र चट्याङ सहित हल्का देखि मध्यम वर्षाको  सम्भावना रहेको छ। सु.प. प्रदेश, कर्णाली तथा गण्डकी प्रदेश र प्रदेश ५ को बाँकी  भूभागमा  मेघगर्जन र चट्याङ सहित हल्का वर्षाको  सम्भावना रहेको छ।

जेठ २४ गते शनिबार

दिउँसोः  प्रदेश १,२, र बागमती प्रदेश मा पूर्ण बदली  तथा गण्डकी, कर्णाली प्रदेश र प्रदेश ५ आंशिक बदली  रही सुप प्रदेशमा  मौसम सामान्यतया सफा रहनेछ। प्रदेश १,२, र बागमती प्रदेश मा केही स्थानहरुमा  मेघगर्जनरचट्याङ सहित हल्का देखि मध्यम वर्षाको  सम्भावना रहेको छ।  प्रदेश १,२, बागमती, गण्डकी प्रदेश र प्रदेश ५का केही स्थानहरुमा  मेघगर्जन र चट्याङ सहित हल्का देखि मध्यम वर्षाको  सम्भावना रहेको छ। गण्डकी , कर्णाली प्रदेश र प्रदेश ५ मेघगर्जन र चट्याङ सहित हल्का वर्षाको  सम्भावना रहेको छ। 

रातीः  प्रदेश १, प्रदेश २, बागमती प्रदेशमा पूर्ण बदली रही बाँकी प्रदेशहरुको मौसम सामान्य बदली रहनेछ। प्रदेश १, प्रदेश २ र बागमतीका केहि र अन्य प्रदेशका थोरै स्थानहरुमा मेघगर्जन रचट्याङ सहित हल्का देखि मध्यम वर्षाको   सम्भावना रहेको छ। 

जेठ २५ गते आइतबार

दिउँसोः देशभर आंशिक देखि सामान्य बदली रहनेछ। प्रदेश १, बागमती ,गण्डकी र कर्णाली प्रदेशका केही र अन्य प्रदेशका थोरै स्थानहरुमा हल्का वर्षाको सम्भावना रहेको छ। 

रातीः  देशभर आंशिक देखि सामान्य बदली रहनेछ। प्रदेश १, बागमती ,गण्डकी र कर्णाली प्रदेशका केही र अन्य प्रदेशका थोरै स्थानहरुमा हल्का वर्षाको सम्भावना रहेको छ।  

प्रकाशित : २३ जेष्ठ २०७७, शुक्रबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६