एजेन्सी, २३ जेठ । एसियाली मुलुकमा सबैभन्दा बढी कोरोना भाइरसको संक्रमण देखिएको भारतमा संक्रमितको संख्या २ लाख २६ हजार ७१३ पुगेको छ । संक्रमितमध्ये १ लाख ८ हजार ४५० जना निको भएका छन् । एकै दिन भारतमा ९ हजार ८८९ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ ।
भारतमा कोरोना भाइरसको संक्रमणबाट ६ हजारभन्दा बढीको मृत्यु भएको छ । पछिल्लो २४ घण्टामा २७५ जनाको मृत्यु भएसँगै भारतमा कोरोनाबाट ज्यान गुमाउनेको संख्या ६ हजार ३६३ पुगेको हो।
कोराना भाइरस (कोभिड–१९) को संक्रमण फैलिने क्रम नरोकिएपछि भारतमा मार्च २४ देखिको लकडाउन पाँचौ चरण थप्दै जुन ३० सम्म पुर्याइएको छ । लकडाउन जुन १ देखि क्रमिक रूपमा खुकुलो बनाउँदै लगिएको छ । भारतमा लकडाउन खुकुलो बनाएसँगै संक्रमण पनि बढ्दै गएको छ भने त्यहाँको लकडाउनमा भएको खुकुलोका कारण नेपालमा पनि संक्रमित बढ्दै गएको बताइएको छ ।
प्रतिक्रिया