सुर्खेत, २३ जेठ । सुर्खेतमा बिहीबार ज्यान गुमाएका २० वर्षे युवकमा पनि कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । योसँगै नेपालमा कोरोना भाइरस संक्रमणबाट मृत्यु हुनेको संख्या ११ पुगेको छ ।
युवकको मृत्युपछि पीसीआर जाँच गर्दा कोरोना पोजेटिभ आएको प्रदेश सरकारले पुष्टि गरेको छ। पश्चिम सुर्खेतमा क्वारेन्टाइनबाट घर फर्किएका युवकको बिहीबार मृत्यु भएको थियो । पञ्चपुरी नगरपालिका–१ हाँसेका उनी क्वारेन्टाइन बसेर घर फर्किएका थिए ।
प्रतिक्रिया