स्वास्थ्य

विश्वमा कोरोनाबाट मृत्यु हुनेको संख्या चार लाख नजिक , संक्रमितको संख्या ६८ लाख ३९ हजार नाघ्यो



काठमाडौं, २४ जेठ । लकडाउन, सामाजिक दूरी कायम, परीक्षणमा तीब्रता र उपचारमा सक्रियता जारी रहे पनि विश्वभर कोरोना कोभिड–१९ भाइरस संक्रमणबाट ज्यान गुमाउनेको संख्यामा खासै कमी आउन सकेको छैन ।महामारीको रुपमा फैलिएको कोरोना भाइरसका कारण विश्वभर ज्यान गुमाउनेको संख्या चार लाख नजिक पुगेको छ ।आज शनिबार बिहानसम्ममा विश्वभर तीन लाख ९७ हजार ४४१ जनाले कोरोना भाइरस संक्रमणका कारण ज्यान गुमाएको वर्ल्डओमिटरले जनाएको छ । पछिल्लो २४ घण्टामा मात्रै संक्रमणबाट चार हजार ९०१ जनाले ज्यान गुमाएका छन् ।विश्वभर संक्रमितको संख्या ६८ लाख ३९ हजार २४४ पुगेको छ । गएको २४ घण्टामा मात्रै विश्वभर एक लाख ३० हजार २८६ जनामा संक्रमण देखिएको छ ।

       यसले कोरोना संक्रमणदर झन् झन् बढ्दै गएको देखाएको छ ।शुक्रबार ब्राजिलमा सबैभन्दा बढी एक हजार आठ जनाले ज्यान गुमाएका छन् । त्यसैगरी अमेरिकामा नौसय ७०, मेक्सिकोमा ८१६, बेलायतमा ३५७, भारतमा २८६, रुसमा १४४, पेरुमा १३१ जनाले ज्यान गुमाएका छन् ।संक्रमणबाट अहिलेसम्म सबैभन्दा धेरै अमेरिकामा एक लाख ११ हजार ३८५ जनाले ज्यान गुमाएका छन् । त्यसैगरी बेलायतमा ४० हजार २६१, ब्राजिलमा ३५ हजार ४७, इटालीमा ३३ हजार ७७४, फ्रान्समा २९ हजार १११, स्पेनमा २७ हजार १३४ जनाले ज्यान गुमाएका छन् ।पछिल्लो २४ घण्टामा सबैभन्दा धेरै ब्राजिलमा ३० हजार १३६ जनामा संक्रमण देखिएको छ । त्यसैगरी अमेरिकामा २५ हजार २३६, भारतमा नौ हजार ४७१, रुसमा आठ हजार ७२६, चिली, पेरु र मेक्सिकोमा चार हजार चार सयभन्दा धेरै, पाकिस्तानमा झण्डै चार हजार, इरान र साउदी अरेबियामा २५–२५ सयभन्दा धेरै, बंगलादेशमा दुई हजार ८२८ जनामा संक्रमण देखिएको छ ।

प्रकाशित : २४ जेष्ठ २०७७, शनिबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६