एजेन्सी, २५ जेठ । कोरोना भाइरसको कहर बढ्दै गएसँगै भाइरसबाट विश्वभर मृत्यु हुनेको संख्या ४ लाख नाघेको छ । आइतबार बिहान यो समाचार तयार पार्दासम्म पछिल्लो २४ घण्टामा विश्वभर ४ हजार १८४ जनाको मृत्यु भएको छ । योसँग मृतकको संख्या ४ लाख १ हजार ६३० पुगेको छ ।
कोरोना भाइरसका कारण ३१ लाख ५८ हजार २७१ जनाको उपचार भइरहेकोमा ५३ हजार ५८७ जनाको अवस्था गम्भीर छ । ३४ लाखभन्दा बढी मानिस निको भएका छन् । विश्व भर कूल ३४ लाख १० हजार ९९४ जना निको भएका छन् । कोरोनाबाट संक्रमित हुने मानिसको संख्या ६९ लाख ७० हजार नाघेको छ । आइतबार विहानसम्म कुल संक्रमितको संख्या ६९ लाख ७० हजार ६३० पुगेको वल्डोमिटर्सको तथ्याङ्कमा उल्लेख छ ।
५ महिनादेखि फैलिरहेको कोरोना भाइरसकै संक्रमणबाट युरोपियन मुलुकहरुमा आइतबार बिहानसम्म १ लाख ७८ हजार ५८३ जनाको मृत्यु भएको छ । २० लाख ७८ हजार ७३२ जना संक्रमित भएकोमा १० लाख ७३ हजार ५९७ जना निको भएका छन् ।
विश्वका २१३ मुलुक र २ पानी जहाजमा फैलिएको कोरोना भाइरसले एसियाली मुलुकहरुमा पनि ३४ हजार ६३७ जनाको मृत्यु भएको छ । १३ लाख २६ हजार ४२९ जना संक्रमित भएकोमा ८ लाख ३ हजार १४१ जना निको भएका छन् । अफ्रिकी मुलुकहरुमा ५ हजार ८२ जनाको ज्यान गएको छ भने १ लाख ८५ हजार ९९६ जना संक्रमित छन् । संक्रमितमध्ये ८३ हजार ४३२ जना निको भएका छन् ।
ओसिनियाका मुलुकहरुमा १२४ जनाको मृत्यु भएको छ । ८ हजार ८६५ जना संक्रमित भएकोमा ८ हजार २७५ जना संक्रमणमुक्त भएका छन् । विश्वको सबैभन्दा बढी चपेटामा परेको अमेरिकामा १९ लाख ८८ हजार ५४४ जना संक्रमित भएका छन् । अमेरिकमा मृत्यु हुनेहरुको संख्या १ लाख १२ हजार ९६ पुगेको छ । त्यस्तै ७ लाख ५१ हजार ८९४ जना कोरोना संक्रमण मुक्त भएका छन् । अमेरिकामा प्रहरीले अफ्रिकी मुलका अमेरिकनको हत्यापछि त्यहाँ भएका प्रदर्शनका कारण पनि संक्रमण बढ्दै गएको बताइएको छ । अमरिकामा कोरोना भाइरसका कारण ४ करोड मानिसहरुले रोजगारी गुमाई सकेका छन् ।
प्रतिक्रिया