सुदूरपश्चिम

नालामा डुबेर पुरुषको मृत्यु



कञ्चनपुर, २५ जेठ ।  कञ्चनपुरको भीमदत्त नगरपालिका–५ भकुण्डाका करिब ३५ वर्षीय लालबहादुर चौधरीको गन्धानालामा डुबेर मृत्यु भएको छ । जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका अनुसार शनिबार धानको बीउ छर्नका लागि युरिया मल लिएर आउँदै गरेका चौधरी नाला तर्न बनाइएको काठको फल्याक तर्ने क्रममा नालामा खस्दा डुबेर मृत्यु भएको हो ।

            चौधरीले नगरपालिकाको वडा नं १५ हरितटोलका बासिन्दाको खेत अँधिया लगाएर परिवार पाल्दै आएको बताइएको छ । चौधरी अपाङगता भएका व्यक्तिसमेत रहेका थिए । स्थानीय बालबालिकाले साँझपख नालामा चौधरी डुबेको देखेपछि बचाउने कोसिस गरे पनि बचाउन सकेनन् । उनको शव परीक्षणका लागि महाकाली अस्पतालमा राखिएको छ । मृतक चौधरीका दुई छोरी र श्रीमती छन् ।

प्रकाशित : २५ जेष्ठ २०७७, आइतबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६