एजेन्सी, २६ जेठ । कोरोना भाइरस (कोभिड–१९) कहरको संक्रमणबाट विश्वभर मृत्यु हुनेको संख्या ४ लाख ५ हजार पार गरिसककेको छ । सोमबार विहानसम्म विश्वभर वल्डोमिर्टसका अनुसार कुल मृतकको संख्या ४ लाख ५ हजार २६९ पुगेको छ । विश्वभर कोरोनाबाइरसबाट संक्रमित हुनेको संख्या संख्या ७० लाख ८५ हजार पुगेको छ । विश्वभर कूल संक्रमितको संख्या ७० लाख ८८५ हजार ७०२ पुगेको छ ।
३२ लाख २० हजार ६०४ जनाको उपचार भइरहेको मध्ये ५३ हजार ७५२ जनाको स्वास्थ्य अवस्था गम्भीर छ । ३४ लाखभन्दा बढी मानिस उपचारपछि निको भएका छन् । विश्वभर कूल ३४ लाख ५९ हजार ८२८ जना कोरोना भाइरसको संक्रमणबाट निको मुक्त भएका छन् । कोरोना भाइरसकै संक्रमणबाट युरोपियन मुलुकहरुमा सोमबार बिहानसम्म १ लाख ७८ हजार ९४३ जनाको मृत्यु भएको छ ।
अफ्रिकी मुलुकहरुमा ५ हजार २१५ जनाको ज्यान गएको छ भने १ लाख ९२ हजार ११८ जना संक्रमित छन् । संक्रमितमध्ये ८४ हजार ९१९ जना निको भएका छन् । ओसिनियाका मुलुकहरुमा १२४ जनाको मृत्यु भएको छ । ८ हजार ८७० जना संक्रमित भएकोमा ८ हजार २८९ जना निको भएका छन् ।
२० लाख ९४ हजार ३२४ जना संक्रमित भएकोमा १० लाख ८२ हजार १२८ जना निको भएका छन् । उत्तर अमेरिकी मुलुकहरुमा १ लाख ३५ हजार ५३० जनाको मृत्यु भएको छ । संक्रमितको संख्या २२ लाख ७८ हजार ५९ पुगेको छ । त्यसमध्ये ९ लाख २५ हजार ४४७ जना निको भएका छन् । एसियाली मुलुकहरुमा ३५ हजार २५ जनाको मृत्यु भएको छ । १३ लाख ६१ हजार २४९ जना संक्रमित भएकोमा ८ लाख २२ हजार २९६ जना संक्रमणमुक्त भएका छन् ।
प्रतिक्रिया