एजेन्सी, २७ जेठ । एसियाली मुलुकमा सबैभन्दा बढी कोरोना भाइरसको संक्रमण देखिएको भारतमा संक्रमितको संख्या २ लाख ६५ हजार ९२८ पुगेको छ । संक्रमितमध्ये १ लाख २९ हजार ९५ जना निको भएका छन् । केही दिनदेखि एकै दिन भारतमा ९–१० हजारको हाराहारीमा कोरोना भाइरसको संक्रमण पुष्टि हुने गरेको छ ।
भारतमा कोरोना भाइरसको संक्रमणबाट मंगलबार विहानसम्म वल्डोमिटर्ससको तथ्याङ्क अनुसार मुत्यु हुनेको संख्या ७ हजार ४७३ पुगेको छ । कोराना भाइरस (कोभिड–१९) को संक्रमण फैलिने क्रम नरोकिएपछि भारतमा मार्च २४ देखिको लकडाउन पाँचौ चरण थप्दै जुन ३० सम्म पुर्याइएको छ । लकडाउन जुन १ देखि क्रमिक रूपमा खुकुलो बनाउँदै लगिएको छ । भारतमा लकडाउन खुकुलो बनाएसँगै संक्रमण पनि बढ्दै गएको छ भने त्यहाँको लकडाउनमा भएको खुकुलोका कारण नेपालमा पनि संक्रमित बढ्दै गएको बताइएको छ ।
प्रतिक्रिया