एजेन्सी, २८ जेठ । विश्वभर महामारीको रुपमा फैलिएको कोरोना भाइरस (कोभिड १९) कहरका कारण विश्वभर मृत्यु हुनेको संख्या ४ लाख १३ हजार नाघेको छ । वल्डोमिटर्सको तथ्याङ्क अनुसार बुधबार बिहान यो समाचार तयार पार्दासम्म मृतकको संख्या ४ लाख १३ हजार ६२५ पुगेको छ ।
विश्वभर कोरोनाभाइरसबाट संक्रमित हुने मानिसको संख्या ७३ लाख १६ हजार नाघेको छ । समाचार तयार पार्दासम्म कूल संक्रमितको संख्या ७३ लाख १६ हजार ८२० पुगेको छ । विश्वका २१३ मुलुक र २ पानीजहाजमा फैलिएको कोरोना भाइरसकका कारण ३३ लाख ६९३ जनाको उपचार भइरहेको मध्ये ५४ हजार २२ जनाको स्वास्थ्य अवस्था अत्यन्तै गम्भीर छ । विश्वभर ३६ लाख २ हजार ५०२ जना उपचारपछि निको भएका छन् ।
बुधबार बिहानसम्म कोरोना भाइरसका कारण एसियाली मुलुकहरुमा ३६ हजार ३३० जनाको मृत्यु भएको छ । १४ लाख २५ हजार ६८९ जना संक्रमित भएकोमा ८ लाख ६४ हजार ७६५ जना कोरोना संक्रमणमुक्त भएका छन् । कोरोनाबाट युरोपियन मुलुकहरुमा १ लाख ८० हजार १८४ जनाको मृत्यु भएको छ । २१ लाख २४ हजार ६९५ जना संक्रमित भएकोमा ११ लाख ५ हजार ४२२ जना कोरोनाबाट संक्रमण मुक्त भएका छन् ।
दक्षिण अमेरिकी मुलुकहरुमा ५२ हजार ८५५ जनाको मृत्यु भएको छ । १२ लाख १८ हजार ८६९ जना संक्रमित भएकोमा ५ लाख ६३ हजार ८२३ जना कोरोनाबाट संक्रमणमुक्त भएका छन् । उत्तर अमेरिकी मुलुकहरुमा १ लाख ३७ हजार ९३७ जनाको मृत्यु भएको छ । संक्रमितको संख्या २३ लाख २७ हजार २०८ पुगेको छ । त्यसमध्ये ९ लाख ५८ हजार ८७८ जना कोरोनाबाट संक्रमणमुक्त भएका छन् ।
ओसिनियाका मुलुकहरुमा १२४ जनाको मृत्यु भएको छ । ८ हजार ८७७ जना संक्रमित भएकोमा ८ हजार ३०८ जना कोरोनाबाट संक्रमण मुक्त भएका छन् । अफ्रिकी मुलुकहरुमा ५ हजार ५६८ जनाको ज्यान गएको छ भने २ लाख ५ हजार ५२० संक्रमित छन् । संक्रमितमध्ये ९२ हजार ९१४ जना कोरोनाबाट संक्रमणमुक्त भएका छन् ।
विश्वमा सबैभन्दा बढी मारमा परेको अमेरिकामा मात्र २० लाख ४५ हजार ५४९ जना कोरोना भाइरसबाट संक्रमित भएका छन् । संक्रमितहरु मध्ये १ लाख १४ हजार १४८ जनाको मृत्यु भएको छ । अमेरिकामा ७ लाख ८८ हजार ८६२ जना कोरोना भाइरस संक्रमण मुक्त भएका छन् । त्यहाँ कोरोना कहरका कारण ४ करोड बढी मानिसहरु बेरोजगार भएका छन् ।
प्रतिक्रिया