एजेन्सी, २९ जेठ । भारतमा कोरोना भाइरसको संक्रमणका काराण ८ हजार बढीले ज्यान गुमाएका छन् । एकै दिन थप ३८८ जनाको मृत्यु हुँदा ज्यान गुमाउनेको संख्या ८ हजार १०५ पुगेको छ ।
भारतमा कोरोना भाइरसक संक्रमितको संख्या २ लाख ८७ हजार नाघेको छ । पछिल्लो २४ घण्टामा १२ हजार ३७५ जना संक्रमित थपिएसँगै कोरोना भाइरसको संक्रमण हुने मानिसको संख्या २ लाख ८७ हजार १५५ पुगेको वल्डोमिटर्सको तथ्याङ्कमा उल्लेख छ । एसियाली मुलुकमा सबैभन्दा बढी कोरोना भाइरसको चपेटामा परेको भारतमा संक्रमितमध्ये १ लाख ४० हजार ९७९ जना संक्रमणमुक्त भएका छन् ।
कोराना भाइरस (कोभिड–१९) को संक्रमण फैलिने क्रम नरोकिएपछि भारतमा मार्च २४ देखिको लकडाउन पाँचौ चरण थप्दै जुन ३० सम्म पुर्याइएको छ । भारतले उक्त लकडाउन जुन १ देखि क्रमिक रूपमा खुकुलो बनाउँदै लगिएको छ । कोरोना भाइरसका संक्रमित बढेको भारतमा लगाइएको लकडाउन कुनै उपलब्धि मूलक नभएको विपक्षीहरुले आरोप लगाएका छन् ।
प्रतिक्रिया