प्रदेश

के–के पाउँछन् खुल्न, मोडेल आजै सार्वजनिक हुने, कक्षा ११ र १२ को निर्णय किन भएन



काठमाडौं, २९ जेठ । विभिन्न भनाईहरुकाबीच सरकारले कोरोनाभाइरस सङ्क्रमण तथा नियन्त्रणका लागि गर्दै आएको लकडाउनको स्वरूपमा परिवर्तन गर्ने निर्णय गरेको छ। बुधवार राति अबेरसम्पन्न मन्त्रिपरिषद्‌को बैठकले लकडाउनलाई खुकुलो पार्ने निर्णय गरेको हो । 

        काठमाडौं उपत्यकासहित जोखिम कम भएका क्षेत्रहरूमा जोर विजोर प्रणाली लागू गरेर सवारी सञ्चालन गर्ने बताइएको छ भने विद्यालय, सिनेमा हल लगायतका धेरै भीडभाड हुने स्थानहरु तत्काल खुल्ने छैनन् ।   कृषि, स्वास्थ्यसँग सम्बन्धित सेवा र ब्याङ्क तथा वित्तीय लगायतका केही सेवा खुला गरिने बताइएको छ।

        किनमेल केन्द्र, धार्मिक र सामाजिक स्थल लगायतको हकमा हाललाई लकडाउन कायम राखिने बताइएको छ ।  लकडाउनको परिवर्तित स्वरूपबारे विस्तृत विवरण चाहिँ बिहीवार आज सार्वजनिक गरिने एक मन्त्रीले बताउनभुयो ।

        मन्त्रीका अनुसार कृषि तथा स्वास्थ्य लगायत कतिपय सेवा तथा कार्यलाई चरणबद्ध रूपमा सञ्चालनमा ल्याउने सरकारले निर्णय गरेको छ। कृषि, उद्योग र व्यापार क्षेत्रलाई अहिले खुकुलो पार्ने निर्णय भएको छ। 

        जनस्वास्थ्य विज्ञहरूले परीक्षणको दायरा बढाउँदै लकडाउनको विकल्प खोज्नुपर्नेमा जोड दिँदै आएका छन्। नेपालमा कोरोनाभाइरस सङ्क्रमणको दोस्रो घटना पुष्टि भएपछि गत चैत ११ गतेदेखि दोस्रो हप्तादेखि सरकारले लकडाउन गर्ने निर्णय गरेको थियो। कोरोनाभाइरस सङ्क्रमण नियन्त्रण तथा रोकथामका लागि प्रभावकारी कदम नचाले पनि लकडाउन चाहिँ पटक–पटक लम्ब्याउने गरेको भन्दै सरकारको आलोचना भएको थियो । 

        यसैबीच  यस वर्षको माध्यमिक शिक्षा परीक्षा (एसईई) नहुने भएको छ । मन्त्रिपरिषदको बुधबार साँझ बसेको बैठकले विद्यालयको अन्तरिम मूल्यांकनका आधारमा ग्रेड निर्धारण गर्ने निर्णय गरेको हो ।

        शिक्षा मन्त्रालयले गठन गरेको सुझाव कार्यदलले आन्तरिक मूल्याङ्कन, प्रदेशगतरुपमा परीक्षा लिने वा विद्यमान कानूनलाई संशोधन गरी कक्षा १२ मा मात्रै राष्ट्रियस्तरको एसईई परीक्षा लिने विकल्प दिएको थियो ।

        लामो समयको बन्दाबन्दीका कारण विद्यार्थीमा परेको असर र कोरोना संक्रमणको बढ्दो जोखिमलाई समेत मध्यनजर गर्दै यो वर्ष एसईईको परीक्षा स्थगित गरिएको बताइएको छ । विद्यालयहरूले आन्तरिम मूल्यांकनको नम्बर पठाउनेछन् र  त्यसकै आधारमा परीक्षा बोर्डले ग्रेड निर्धारण गरेर परीक्षाफल सार्वजनिक गर्नेछ । 

        एसईई परीक्षाको बारेमा बुधवार निर्णय भए पनि कक्षा ११ र १२ को हकमा भने अझै कुनै निर्णय भएको छैन । कक्षा ११ र १२ को परीक्षाको हकमा के गर्ने भन्नेबारे शिक्षा मन्त्रालयमा अझै छलफल चलिरहेको बताइएको छ । 

प्रकाशित : २९ जेष्ठ २०७७, बिहिबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६