अन्तर्राष्ट्रिय

कोरोना कहरः विश्वभर ७५ लाख ८३ हजारभन्दा धेरै संक्रमित, ४ लाख २३ हजार बढीको मृत्यु



एजेन्सी, ३० जेठ ।  विश्वमा महामारीको रुपमा फैलिएको कोरोना कहरका कारण विश्वका २१३ मुलुक र २ पानीजहाजमा गरी संक्रमित हुनेहरुको  संख्या ७५ लाख ८३ हजार पार गरेको छ । वल्डोमिटर्सको तथ्याङ्क अनुसार शुक्रबार विहानसम्म यो समाचार तयार पार्दासम्म पछिल्लो २४ घण्टामा १ लाख ३६ बढी नयाँ संक्रमित थपिएका छन् । योसँगै संक्रमितको संख्या ७५ लाख ८३ हजार ९०८ पुगेको छ ।

        कोरोना भाइरसको संक्रमणबाट विश्वभर मृत्यु हुनेको संख्या ४ लाख २३ हजार नाघेको छ । कोरोनाका कारण पछिल्लो २४ घण्टामा विश्वभर ४ हजार ९५१ जनाको मृत्यु भएको छ । योसँगै मृतकको संख्या ४ लाख २३ हजार ८६ पुगेको छ । विश्वभर ३३ लाख २७ हजार २७३ जनाको उपचार भइरहेकोमा ५३ हजार ९०२ जनाको स्वस्थ्य अवस्था  नाजुक छ । ३८ लाख ३५ हजार १८३ भन्दा बढी मानिसहरु उपचारपछि निको भएका छन् ।

        शुक्रबार बिहानसम्म कोरोना महामारीले एसियाली देशहरुमा ३७ हजार ९०० जनाको मृत्यु भएको छ । १४ लाख ९९ हजार ३३६ जना संक्रमित भएकोमा ९ लाख १२ हजार ५७४ जना निको भएका छन् । कोरोना भाइरसकै संक्रमणबाट युरोपियन देशहरुमा  १ लाख ८१ हजार ४५८ जनाको मृत्यु भएको छ । २१ लाख ५६ हजार १४६ जना संक्रमित भएकोमा ११ लाख ३४ हजार ४९० जना निको भएका छन् ।

        दक्षिण अमेरिकी देशहरुमा ५६ हजार ३७३ जनाको मृत्यु भएको छ । १३ लाख १२ हजार ९८२ जना संक्रमित भएकोमा ६ लाख ७८ हजार २६९ जना निको भएका छन् ।अफ्रिकी देशहरुमा ५ हजार ८६८ जनाको ज्यान गएको छ भने २ लाख १९ हजार २६६ संक्रमित छन् । संक्रमितमध्ये १ लाख ६६५ जना संक्रमणमुक्त भएका छन् ।

        ओसिनियाका मुलुकहरुमा १२४ जनाको मृत्यु भएको छ । ८ हजार ८९६ जना संक्रमित भएकोमा ८ हजार ३४९ जना निको भएका छन् । उत्तर अमेरिकी देशहरुमा १ लाख ४१ हजार ३४४ जनाको मृत्यु भएको छ । संक्रमितको संख्या २३ लाख ८६ हजार १७४ पुगेको छ । त्यसमध्ये ९ लाख ९८ हजार १६८ जना निको भएका छन् ।

         विश्वमा सबैभन्दा बढी मारमा परेको अमेरिकामा कोरोना भाइरसका कारण २० लाख ८९ हजार ७०१ जना मानिसहरु संक्रमित भएका छन् । अमेरिकामा मात्र १ लाख १६ हजार ३४ जना मानिसहरु संक्रमित भएका छन् । त्यहाँ ८ लाख १६ हजार ८६ जना कोरानाभाइरसबाट निको भएका छन् । 

प्रकाशित : ३० जेष्ठ २०७७, शुक्रबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६