एजेन्सी, ३० जेठ । विश्वमा महामारीको रुपमा फैलिएको कोरोना कहरका कारण विश्वका २१३ मुलुक र २ पानीजहाजमा गरी संक्रमित हुनेहरुको संख्या ७५ लाख ८३ हजार पार गरेको छ । वल्डोमिटर्सको तथ्याङ्क अनुसार शुक्रबार विहानसम्म यो समाचार तयार पार्दासम्म पछिल्लो २४ घण्टामा १ लाख ३६ बढी नयाँ संक्रमित थपिएका छन् । योसँगै संक्रमितको संख्या ७५ लाख ८३ हजार ९०८ पुगेको छ ।
कोरोना भाइरसको संक्रमणबाट विश्वभर मृत्यु हुनेको संख्या ४ लाख २३ हजार नाघेको छ । कोरोनाका कारण पछिल्लो २४ घण्टामा विश्वभर ४ हजार ९५१ जनाको मृत्यु भएको छ । योसँगै मृतकको संख्या ४ लाख २३ हजार ८६ पुगेको छ । विश्वभर ३३ लाख २७ हजार २७३ जनाको उपचार भइरहेकोमा ५३ हजार ९०२ जनाको स्वस्थ्य अवस्था नाजुक छ । ३८ लाख ३५ हजार १८३ भन्दा बढी मानिसहरु उपचारपछि निको भएका छन् ।
शुक्रबार बिहानसम्म कोरोना महामारीले एसियाली देशहरुमा ३७ हजार ९०० जनाको मृत्यु भएको छ । १४ लाख ९९ हजार ३३६ जना संक्रमित भएकोमा ९ लाख १२ हजार ५७४ जना निको भएका छन् । कोरोना भाइरसकै संक्रमणबाट युरोपियन देशहरुमा १ लाख ८१ हजार ४५८ जनाको मृत्यु भएको छ । २१ लाख ५६ हजार १४६ जना संक्रमित भएकोमा ११ लाख ३४ हजार ४९० जना निको भएका छन् ।
दक्षिण अमेरिकी देशहरुमा ५६ हजार ३७३ जनाको मृत्यु भएको छ । १३ लाख १२ हजार ९८२ जना संक्रमित भएकोमा ६ लाख ७८ हजार २६९ जना निको भएका छन् ।अफ्रिकी देशहरुमा ५ हजार ८६८ जनाको ज्यान गएको छ भने २ लाख १९ हजार २६६ संक्रमित छन् । संक्रमितमध्ये १ लाख ६६५ जना संक्रमणमुक्त भएका छन् ।
ओसिनियाका मुलुकहरुमा १२४ जनाको मृत्यु भएको छ । ८ हजार ८९६ जना संक्रमित भएकोमा ८ हजार ३४९ जना निको भएका छन् । उत्तर अमेरिकी देशहरुमा १ लाख ४१ हजार ३४४ जनाको मृत्यु भएको छ । संक्रमितको संख्या २३ लाख ८६ हजार १७४ पुगेको छ । त्यसमध्ये ९ लाख ९८ हजार १६८ जना निको भएका छन् ।
विश्वमा सबैभन्दा बढी मारमा परेको अमेरिकामा कोरोना भाइरसका कारण २० लाख ८९ हजार ७०१ जना मानिसहरु संक्रमित भएका छन् । अमेरिकामा मात्र १ लाख १६ हजार ३४ जना मानिसहरु संक्रमित भएका छन् । त्यहाँ ८ लाख १६ हजार ८६ जना कोरानाभाइरसबाट निको भएका छन् ।
प्रतिक्रिया