कपिलवस्तु ३० जेठ
कपिलवस्तुको कृष्णनगर क्षेत्रबाट लकडाउन अवधिमा अवैध रुपमा ओसारपसार गर्दै गरेको मदिरा तथा औषधिलाई शुक्रवार नष्ट गरीएको छ । सीमा क्षेत्रमा औषधीजन्य सामाग्री नेपाल ल्याउने र मदिरा तथा सुर्तीजन्या पदार्थ भारत तर्फ लैजाने गरेको अवस्थामा बेवारिसे अवस्थामा फेला परेको ईलाका प्रहरी कार्यालय कृष्णनगरका प्रहरी निरिक्षक प्रताप पौडेलले बताउनुभयो ।
यस अवधिका कृष्णनगर क्षेत्रबाट रु ३ लाख बराबरको मदिरा र रु दुई लाख ८० हजार बराबरको औषधी नष्ट गरीएको पौडेलले बताउनुभयो । लकडाउन उल्लघन गरी,अवैध रुपमा सामाग्री ओसारपोसार गरेको सुचनाको आधारमा प्रहरी उक्त स्थालहरुमा पुग्दा सामाग्री छोडेर मानिसहरु फरार हुने गरेको उहाँले बताउनुभयो । अवैध सामाग्री सगै ५ वटा साइकल पनि नियन्त्रण लिएको प्रहरीले जनाएको छ ।
३० जेष्ठ २०७७, शुक्रबार
प्रतिक्रिया