अन्तर्राष्ट्रिय

कोरोना कहरः विश्वभर ७७ लाख बढी संक्रमित, ३९ लाखभन्दा धेरैले जिते कोरोना



एजेन्सी, ३१ जेठ ।  कोरोना भाइरसको महामारीको काराण विश्वभर संक्रमित हुने मानिसको संख्या ७७ लाख २६ हजार १६ पुगेको छ । विश्वका २१३ मुलुक र २ पानीजहाजमा फैलिएको कोरोना भाइरसको संक्रमणबाट विश्वभर ३९ लाखभन्दा बढी मानिस उपचारपछि निको भएका छन् । वल्डोमिटर्सको तथ्याङ्क अनुसार शनिबार बिहान यो समाचार तयार पार्दासम्म  ३९ लाख १९ हजार ३२४ मानिसहरु उपचारपछि निको भएका छन् । 

        कोरोना भाइरसका कारण ३३ लाख ७९ हजार ३ जनाको उपचार भइरहेको छ । विश्वभर कोरोना भाइरसले मृतकको संख्या ४ लाख २७ हजार ६८९ पुगेको छ । कोरोना भाइरसले ५३ हजार ८८८ जनाको स्वास्थ्य अवस्था गम्भीर बनेको छ। 

        एसियाली मुलुकहरुमा ३८ हजार ७३७ जनाको मृत्यु भएको छ । १५ लाख ३८ हजार ६६५ जना संक्रमित भएकोमा ९ लाख ३५ हजार ७८ जना निको भएका छन् । उत्तर अमेरिकी मुलुकहरुमा १ लाख ४२ हजार ८०९ जनाको मृत्यु भएको छ । संक्रमितको संख्या २४ लाख १९ हजार ७६२ पुगेको छ । त्यसमध्ये १० लाख २९ हजार २६५ जना निको भएका छन् ।

        कोरोना भाइरसकै संक्रमणबाट युरोपियन मुलुकहरुमा शनिबार बिहानसम्म १ लाख ८२ हजार ६७ जनाको मृत्यु भएको छ । २१ लाख ७३ हजार ५७८ जना संक्रमित भएकोमा ११ लाख ४७ हजार ८३४ जना निको भएका छन् ।दक्षिण अमेरिकी मुलुकहरुमा ५७ हजार ८४४ जनाको मृत्यु भएको छ । १३ लाख ५५ हजार ३७९ जना संक्रमित भएकोमा ६ लाख ९० हजार १९८ जना निको भएका छन् ।ओसिनियाका मुलुकहरुमा १२४ जनाको मृत्यु भएको छ । ८ हजार ९०१ जना संक्रमित भएकोमा ८ हजार ३७१ जना निको भएका छन् ।

        अफ्रिकी मुलुकहरुमा ६ हजार ८० जनाको ज्यान गएको छ भने २ लाख २७ हजार ६०९ संक्रमित छन् । संक्रमितमध्ये १ लाख ५ हजार ९२ जना निको भएका छन् । विश्वमा सबैभन्दा बढी मारमा परेको अमेरिकामा २१ लाख १६ हजार ९२२ जना संक्रमित भएका छन् । अमेरिकामा १ लाख १६ हजार ८२५ जनाको मृत्यु भएको छ । त्यहाँ ८ लाख ४१ हजार ९३४ जनाले कोरोना भाइरस जितेका छन् । कोरोा कहरका कारण अमेरिकामा ४ करोड मानिसहरु बेरोजगार भएका छन् ।

प्रकाशित : ३१ जेष्ठ २०७७, शनिबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६