एजेन्सी, ३१ जेठ । कोरोना भाइरसको महामारीको काराण विश्वभर संक्रमित हुने मानिसको संख्या ७७ लाख २६ हजार १६ पुगेको छ । विश्वका २१३ मुलुक र २ पानीजहाजमा फैलिएको कोरोना भाइरसको संक्रमणबाट विश्वभर ३९ लाखभन्दा बढी मानिस उपचारपछि निको भएका छन् । वल्डोमिटर्सको तथ्याङ्क अनुसार शनिबार बिहान यो समाचार तयार पार्दासम्म ३९ लाख १९ हजार ३२४ मानिसहरु उपचारपछि निको भएका छन् ।
कोरोना भाइरसका कारण ३३ लाख ७९ हजार ३ जनाको उपचार भइरहेको छ । विश्वभर कोरोना भाइरसले मृतकको संख्या ४ लाख २७ हजार ६८९ पुगेको छ । कोरोना भाइरसले ५३ हजार ८८८ जनाको स्वास्थ्य अवस्था गम्भीर बनेको छ।
एसियाली मुलुकहरुमा ३८ हजार ७३७ जनाको मृत्यु भएको छ । १५ लाख ३८ हजार ६६५ जना संक्रमित भएकोमा ९ लाख ३५ हजार ७८ जना निको भएका छन् । उत्तर अमेरिकी मुलुकहरुमा १ लाख ४२ हजार ८०९ जनाको मृत्यु भएको छ । संक्रमितको संख्या २४ लाख १९ हजार ७६२ पुगेको छ । त्यसमध्ये १० लाख २९ हजार २६५ जना निको भएका छन् ।
कोरोना भाइरसकै संक्रमणबाट युरोपियन मुलुकहरुमा शनिबार बिहानसम्म १ लाख ८२ हजार ६७ जनाको मृत्यु भएको छ । २१ लाख ७३ हजार ५७८ जना संक्रमित भएकोमा ११ लाख ४७ हजार ८३४ जना निको भएका छन् ।दक्षिण अमेरिकी मुलुकहरुमा ५७ हजार ८४४ जनाको मृत्यु भएको छ । १३ लाख ५५ हजार ३७९ जना संक्रमित भएकोमा ६ लाख ९० हजार १९८ जना निको भएका छन् ।ओसिनियाका मुलुकहरुमा १२४ जनाको मृत्यु भएको छ । ८ हजार ९०१ जना संक्रमित भएकोमा ८ हजार ३७१ जना निको भएका छन् ।
अफ्रिकी मुलुकहरुमा ६ हजार ८० जनाको ज्यान गएको छ भने २ लाख २७ हजार ६०९ संक्रमित छन् । संक्रमितमध्ये १ लाख ५ हजार ९२ जना निको भएका छन् । विश्वमा सबैभन्दा बढी मारमा परेको अमेरिकामा २१ लाख १६ हजार ९२२ जना संक्रमित भएका छन् । अमेरिकामा १ लाख १६ हजार ८२५ जनाको मृत्यु भएको छ । त्यहाँ ८ लाख ४१ हजार ९३४ जनाले कोरोना भाइरस जितेका छन् । कोरोा कहरका कारण अमेरिकामा ४ करोड मानिसहरु बेरोजगार भएका छन् ।
प्रतिक्रिया