अन्तर्राष्ट्रिय

भारत कोरोनाको सूचीमा विश्वमा चौथो, संक्रमितको संख्या ३ लाख ९ हजार



एजेन्सी,
३१ जेठ ।  एसियाली मुलुकमा सबैभन्दा बढी कोरोना
भाइरसको संक्रमण देखिएको भारत कोरोना संक्रमणको सूचीमा चौथो नम्बरमा पुगेको छ । इटलीलाई कोरोना संक्रमणमा जितेको भारतले स्पेन र युकेलाई पनि पछि पार्दै चौथो नम्बरको सूचीमा पुगेको वल्डोमिर्टसको तथ्याङ्कमा उल्लेख छ । यो सँगै भारतमा कोरोना भाइरस संक्रमितको संख्या ३ लाख नाघेको छ । पछिल्लो
२४ घण्टामा ११ हजार ३२० जना संक्रमित थपिएसँगै भारतमा कोरोना भाइरस संक्रमण हुने मानिसको संख्या ३ लाख ९ हजार ६०३ पुगेको हो । भारतमा एकैदिन थप ३८९ जनाको मृत्यु हुँदा ज्यान गुमाउनेको संख्या ८ हजार ८९० पुगेको छ ।

        कोरोना संक्रमितमध्ये १ लाख ५४ हजार २३१ जना संक्रमणमुक्त भएका छन् । कोराना भाइरस (कोभिड–१९) को संक्रमण फैलिने क्रम नरोकिएपछि भारतमा मार्च २४ देखिको लकडाउन पाँचौ चरण थप्दै जुन ३० सम्म पुर्‍याइएको छ । तर उक्त लकडाउन जुन १ देखि क्रमिक रूपमा खुकुलो बनाउँदै गएको छ । भारतमा लकडाउन खुकुलो भएसँगै संक्रमितहरु पनि बढ्दै गएका छन् ।

प्रकाशित : ३१ जेष्ठ २०७७, शनिबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६