अन्तर्राष्ट्रिय

भारतमा कोरोना संक्रमित ३ लाख २१ हजार बढी, मृत्यु हुने ९ हजार भन्दा धेरै



एजेन्सी, ३२ जेठ । भारतमा कोरोना भाइरस संक्रमितको संख्या ३ लाख २१ हजार पार गरेको छ । पछिल्लो २४ घण्टामा १२ हजार २३ जना नयाँ संक्रमित थपिएसँगै भारतमा कुल संक्रमितको संख्या ३ लाख २१ हजार ६२६ पुगेको छ । त्यस्तै भारतमा एकैदिन थप ३०९ जनाको मृत्यु हुँदा ज्यान गुमाउनेको संख्या ९ हजार १९९ पुगेको छ । कोरोना संक्रमितमध्ये १ लाख ६२ हजार ३२६ जना संक्रमणमुक्त भएका छन् । 

        एसियाली मुलुकमा सबैभन्दा बढी कोरोना भाइरसको संक्रमण देखिएको भारत कोरोना संक्रमणको सूचीमा चौथो नम्बरमा छ । इटलीलाई कोरोना संक्रमणमा जितेको भारतले स्पेन र युकेलाई पनि पछि पार्दै चौथो नम्बरको सूचीमा पुगेको वल्डोमिर्टसको तथ्याङ्कमा उल्लेख छ ।

        कोराना भाइरस (कोभिड–१९) को संक्रमण फैलिने क्रम नरोकिएपछि भारतमा मार्च २४ देखिको लकडाउन पाँचौ चरण थप्दै जुन ३० सम्म पुर्‍याइएको छ । तर उक्त लकडाउन जुन १ देखि क्रमिक रूपमा खुकुलो बनाउँदै गएको छ । भारतमा लकडाउन खुकुलो भएसँगै संक्रमितहरुको दर पनि उच्च रुपमा बढ्दै गएको छ । 

प्रकाशित : ३२ जेष्ठ २०७७, आइतबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६