एजेन्सी, ३२ जेठ । भारतमा कोरोना भाइरस संक्रमितको संख्या ३ लाख २१ हजार पार गरेको छ । पछिल्लो २४ घण्टामा १२ हजार २३ जना नयाँ संक्रमित थपिएसँगै भारतमा कुल संक्रमितको संख्या ३ लाख २१ हजार ६२६ पुगेको छ । त्यस्तै भारतमा एकैदिन थप ३०९ जनाको मृत्यु हुँदा ज्यान गुमाउनेको संख्या ९ हजार १९९ पुगेको छ । कोरोना संक्रमितमध्ये १ लाख ६२ हजार ३२६ जना संक्रमणमुक्त भएका छन् ।
एसियाली मुलुकमा सबैभन्दा बढी कोरोना भाइरसको संक्रमण देखिएको भारत कोरोना संक्रमणको सूचीमा चौथो नम्बरमा छ । इटलीलाई कोरोना संक्रमणमा जितेको भारतले स्पेन र युकेलाई पनि पछि पार्दै चौथो नम्बरको सूचीमा पुगेको वल्डोमिर्टसको तथ्याङ्कमा उल्लेख छ ।
कोराना भाइरस (कोभिड–१९) को संक्रमण फैलिने क्रम नरोकिएपछि भारतमा मार्च २४ देखिको लकडाउन पाँचौ चरण थप्दै जुन ३० सम्म पुर्याइएको छ । तर उक्त लकडाउन जुन १ देखि क्रमिक रूपमा खुकुलो बनाउँदै गएको छ । भारतमा लकडाउन खुकुलो भएसँगै संक्रमितहरुको दर पनि उच्च रुपमा बढ्दै गएको छ ।
प्रतिक्रिया