एजेन्सी, १ असार। भारतमा कोरोना भाइरस संक्रमितको संख्या ३ लाख ३३ हजार पार गरेको छ । एकैदिन थप ११ हजार ३८२ जना नयाँ संक्रमित थपिएसँगै भारतमा कुल संक्रमितको संख्या ३ लाख ३३ हजार ८ पुगेको छ । त्यस्तै भारतमा एकैदिन थप ३२१ जनाको मृत्यु हुँदा ज्यान गुमाउनेको संख्या ९ हजार ५२० पुगेको छ । भारतमा कोरोना संक्रमितमध्ये १ लाख ६९ हजार ६८९ जना संक्रमणमुक्त भएका छन् ।
एसियाली मुलुकमा सबैभन्दा बढी कोरोना भाइरसको संक्रमण देखिएको भारत कोरोना संक्रमणको सूचीमा चौथो नम्बरमा छ । इटलीलाई कोरोना संक्रमणमा जितेको भारतले स्पेन र युकेलाई पनि पछि पार्दै चौथो नम्बरको सूचीमा कोरोना संक्रमण बढ्दै गएको वल्डोमिर्टसको तथ्याङ्कमा उल्लेख छ ।
कोराना भाइरस (कोभिड–१९) को संक्रमण फैलिने क्रम नरोकिएपछि भारतमा मार्च २४ देखिको लकडाउन पाँचौ चरण थप्दै जुन ३० सम्म पुर्याइएको छ । तर उक्त लकडाउन जुन १ देखि क्रमिक रूपमा खुकुलो बनाउँदै गएको छ । भारतमा लकडाउन खुकुलो भएसँगै संक्रमितहरुको दर पनि बढ्दै गएकोमा चिन्ता व्यक्त गरिएको छ ।
प्रतिक्रिया