अन्तर्राष्ट्रिय

रेलको डिम्बामा भारतमा कोरोना संक्रमित राखिने



एजेन्सी, २ असार । भारतमा कोरोना संक्रमित राख्न रेलको डिब्बा प्रयोग गरिने भएको छ । भारत कोरोना संक्रमणको हिसाबले अमेरिका, ब्रजिल र रुसपछि संक्रमित संख्याका आधारमा विश्वकै चौथो स्थानमा छ । भारतमा गत अप्रिलदेखि नै रेलका डिब्बाहरूलाई क्वारेन्टाइन वा आइशोलेसन वार्ड बनाउन शुरू गरिएकोमा अब भने अस्थायी अस्पतालको शैयाको रूपमा ५ सय डिब्बा प्रयोग गर्न लागिएको हो ।

        भारतमा दैनिक १० देखि १२  हजारले संक्रमित बढ्न थालेपछि भारतले राजधानी दिल्लीमा बनाउन लागेको ८ हजार शैय्याको अस्थायी अस्पतालमा रेलका ५०० डिब्बा प्रयोग गरिने भएको छ । संक्रमण बढ्दै गएपछि विभिन्न राज्य सरकारले होटल तथा ब्याङ्क्वेट हलहरूमा अस्थायी अस्पताल निर्माण गर्ने योजना बनाउन थालेका छन् ।

        मंगलबार विहानसम्म भारतमा कोरोना भाइरसको संक्रमणले मृत्यु हुनेहरूको संख्या ९ हजार ९ सय १५ पुगेको छ । भारतमा ३ लाख ४३ हजार २६ जना कोरोना संक्रमित भएको वल्डोमिटर्सको तथ्याङ्कमा उल्लेख छ ।

प्रकाशित : २ असार २०७७, मंगलबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६