एजेन्सी, २ असार । भारतमा कोरोना संक्रमित राख्न रेलको डिब्बा प्रयोग गरिने भएको छ । भारत कोरोना संक्रमणको हिसाबले अमेरिका, ब्रजिल र रुसपछि संक्रमित संख्याका आधारमा विश्वकै चौथो स्थानमा छ । भारतमा गत अप्रिलदेखि नै रेलका डिब्बाहरूलाई क्वारेन्टाइन वा आइशोलेसन वार्ड बनाउन शुरू गरिएकोमा अब भने अस्थायी अस्पतालको शैयाको रूपमा ५ सय डिब्बा प्रयोग गर्न लागिएको हो ।
भारतमा दैनिक १० देखि १२ हजारले संक्रमित बढ्न थालेपछि भारतले राजधानी दिल्लीमा बनाउन लागेको ८ हजार शैय्याको अस्थायी अस्पतालमा रेलका ५०० डिब्बा प्रयोग गरिने भएको छ । संक्रमण बढ्दै गएपछि विभिन्न राज्य सरकारले होटल तथा ब्याङ्क्वेट हलहरूमा अस्थायी अस्पताल निर्माण गर्ने योजना बनाउन थालेका छन् ।
मंगलबार विहानसम्म भारतमा कोरोना भाइरसको संक्रमणले मृत्यु हुनेहरूको संख्या ९ हजार ९ सय १५ पुगेको छ । भारतमा ३ लाख ४३ हजार २६ जना कोरोना संक्रमित भएको वल्डोमिटर्सको तथ्याङ्कमा उल्लेख छ ।
प्रतिक्रिया