पर्यटन

बेलायती सहयोगमा स्वाब संकलन र ज्वरो क्लिनिकल कक्ष



गुल्मी ११ असार । जिल्ला सदरमुकाम तम्घास स्थीत आइसोलेसन सेन्टर सहित पाँचवटा स्थानीय तहका स्वास्थ्य केन्द्रलाई अत्याधुनिक स्वाब संकलन क्लिनिक कक्ष सहितका सामागी बेलायती सहयोगमा उपलब्ध  भएको छ  ।कोरोनाको महामारीबाट सावधानी अपनाउनका लागि गुल्मी जिल्ला समाज युकेले जिल्लाका १२ वटै स्थानीय तहका स्वास्थ्य संस्थाहरुलाई ७ लाख ५० हजार मुल्य बरावरको स्वास्थ्य सामाग्री सहयोग गर्ने क्रममा ती समाग्री उपलब्ध भएका हुन् ।  

        समाजको तर्फवाट गुल्मी जिल्लाका अन्य सातवटा स्थानीय तहलाई समेत कोरोना बिरुद्ध प्रयोग गरिने २०/२० थान पीपीइ सेट र दुईदुई थान थर्मलगन समेत प्रदान गरिएको जिल्ला प्रशासन कार्यालय गुल्मीका प्रशासकीय अधिकृत उद्धव पन्थीले जानकारी दिए । रेसुंगा नगरपालिका, मुसिकोट नगरपालिका, छत्रकोट गाउँपालिका, रुरु क्षेत्र गाउँपालिका र चन्द्रकोट गाउँपालिकाका स्वास्थ्य केन्द्रलाई एक÷एक थान अध्याधुनिक स्वाब संकलन तथा ज्वरो क्लिनिक कक्ष प्रदान गरिएको हो । गुल्मी अस्पताललाई पनि समाजको तर्फवाट २० थान पीपीइ सेट र दुई थान थर्मलगन प्रदान गरिएको थियो ।

        त्यस्तै जिल्ला बिपद् व्यावस्थापन समिति, पत्रकार, नगर तथा गाउँपालिका प्रमुखहरुलाई एक/एक थान केएन नाइन्टीफाइप माक्स प्रदान गरिएको थियो । समाज मार्फत प्राप्त सवै सामग्रीहरु गुल्मी जिल्ला समाज युकेका प्रतिनिधि लक्ष्मण गौतमले जिल्ला समन्वय समितिका प्रमुख लक्ष्मण पराजुली र प्रमुख जिल्ला अधिकारी भरतकुमार शर्मालाई हस्तान्तरण गरेका थिए ।

        गुल्मी जिल्ला समाज युकेका प्रतिनिधि लक्ष्मण गौतमले जिल्लाका सवै किसिमका बिपद्हरुमा समाजको तर्फवाट विगतमा धेरै सहयोग पुराउँदै आएको बताए । सामग्रि हस्तान्तरण कार्यक्रममा बोल्दै जिल्ला समन्वय समिति प्रमुख लक्ष्मण पराजुली र प्रमुख जिल्ला अधिकारी भरत कुमार शर्माले परदेशमा भएर पनि जन्मभुमीप्रति प्रवासीले देखाएको सहयोग अतुलनीय भएको भन्दै गुल्मी जिल्ला समाज युकेलाई विषेश धन्यबाद व्यक्त गरेका थिए । 

प्रकाशित : ११ असार २०७७, बिहिबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६