धनगढी, १४ असार । कैलालीमा रहेको एक क्वारेन्टिनमा बसेका युवकलाई सर्पले टोकेको छ । २२ दिनदेखि क्वारेन्टिनमा बसेका ती युवकलाई शुक्रवार राति विषालु सर्पले टोकेको हो । ती युवालाई उपचारका लागि सेती प्रादेशिक अस्पताल धनगढी पठाइएको थियो तर त्यहाँ उपचार सम्भव नभएपछि उनलाई कैलालीस्थित नेपाली सेनाको सर्पदंश उपचार केन्द्र, बढैपुरमा लगिएको थियो ।
प्रहरी स्रोतका अनुसार उनको स्वास्थ्य अवस्था गम्भीर छ । सेनाको उपचार केन्द्रमा उनको उपचार हुन नसकेपछि युवकलाई उपचारका लागि नेपालगञ्ज रिफर गरिएको छ । २२ वर्षीय युवा गौरीगंगा नगरपालिका–४ स्थित सिद्धार्थ विद्या निकेतनको क्वारेन्टिनमा बस्दै आएका थिए ।
प्रतिक्रिया