मधेश

मोटरसाइकल दुर्घटनामा आमा–छोराकै मृत्यु



जनकपुरधाम, १८ असार । धनुषाको क्षीरेश्वरनाथ न.पा.–४ हरैयामा बुधबार साँझ मोटरसाइकल दुर्घटना हुँदा आमा–छोराकै घटनास्थलमै मृत्यु भएको छ। महेन्द्रनगरबाट जनकपुर आउदै गरेको ज. ३ प। ७०४२ नम्बरको मोटरसाइकल दुर्घटना भएको भएको प्रहरीले जनाएको छ ।          मोटरसाइकल चालक जनकपुरधाम उपमहानगरपालिका २० का करिब २८ वर्षीय नविन शर्मा र पछाडी बसेकी उनकी आमा ५० वर्षीया  धर्मादेवी शर्माको मृत्यु  छ। तिब्र गतिमा रहेको मोटरसाइकल अनियन्त्रित भएर दुर्घटना भएको देखिएको इलाका प्रहरी कार्यालय महेन्द्रनगरले जनाएको छ । इलका प्रहरी कार्यालयका अनुसार मृतक आमा–छोराको शव पोष्टमार्टमका लागि प्रादेशिक अस्पताल जनकपुरधाम लगिएको छ।

प्रकाशित : १८ असार २०७७, बिहिबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६