अन्तर्राष्ट्रिय

कोरोना कहरः ६२ लाख ९७ हजार बढीले जिते कोरोना, ५ लाख २९ हजार भन्दा धेरैको मृत्यु



एजेन्सी, २० असार ।  विश्वभर महामारीको रुपमा फैलिएको कोरोना कहरलाई ६२ लाख ९७ हजारभन्दा बढी मानिसले जितेका छन् । वल्डोमिर्टसको तथ्याङ्क अनुसार शनिबार बिहानसम्म संक्रमणमुक्त हुनेको संख्या ६२ लाख ९७ हजार १५० पुगेको छ । विश्वभर कोरोनाबाट मृत्यु हुनेको संख्या ५ लाख २९ हजार ६३ पुगेको छ । कोरोना भाइरस (कोभिड–१९) का कारण विश्वभर उपचारथ ४३ लाख ६३ हजार ११२ मध्ये ५८ हजार ८३६ जनाको स्वास्थय अवस्था गम्भीर रहेको छ ।  विश्वभर एक करोड ११ लाख ८९ हजार ३२५ जना मानिसहरु कोरोनाबाट संक्रमण भएका छन् । 

        कोरोनाका कारण एसियाली देशहरुमा ५९ हजार ९०३ जनाको मृत्यु भएको छ । २४ लाख ७३ हजार ४४९ जना संक्रमित भएकोमा १६ लाख ५३ हजार ३०३ जना निको भएका छन् ।युरोपियन देशहरुहरूमा १ लाख ९३ हजार ७९ जनाको मृत्यु भएको छ । २४ लाख ५४ हजार ४४६ जना संक्रमित भएकोमा १४ लाख ११ हजार ३०४ जना निको भएका छन् ।दक्षिण अमेरिकी देशहरूमा ९० हजार ८६३ जनाको मृत्यु भएको छ । २४ लाख २० हजार ४६७ जना संक्रमित भएकोमा १५ लाख ६४१ जना निको भएका छन् ।

        उत्तर अमेरिकी देशहरुमा १ लाख ७३ हजार ४७० जनाको मृत्यु भएको छ । संक्रमितको संख्या ३३ लाख ७१ हजार ९१६ पुगेको छ । त्यसमध्ये १४ लाख ७५ हजार १११ जना निको भएका छन् । ओसिनियाका देहरुमा १२६ जनाको मृत्यु भएको छ । ९ हजार ८९७ जना संक्रमित भएकोमा ८ हजार ९१६ जना निको भएका छन् ।अफ्रिकी देशहरुमा १० हजार ९२० जनाको ज्यान गएको छ भने ४ लाख ५० हजार ६५८ संक्रमित छन् । संक्रमितमध्ये २ लाख १७ हजार ७०५ जना निको भएका छन् । 

प्रकाशित : २० असार २०७७, शनिबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६