एजेन्सी, २० असार । विश्वभर महामारीको रुपमा फैलिएको कोरोना कहरलाई ६२ लाख ९७ हजारभन्दा बढी मानिसले जितेका छन् । वल्डोमिर्टसको तथ्याङ्क अनुसार शनिबार बिहानसम्म संक्रमणमुक्त हुनेको संख्या ६२ लाख ९७ हजार १५० पुगेको छ । विश्वभर कोरोनाबाट मृत्यु हुनेको संख्या ५ लाख २९ हजार ६३ पुगेको छ । कोरोना भाइरस (कोभिड–१९) का कारण विश्वभर उपचारथ ४३ लाख ६३ हजार ११२ मध्ये ५८ हजार ८३६ जनाको स्वास्थय अवस्था गम्भीर रहेको छ । विश्वभर एक करोड ११ लाख ८९ हजार ३२५ जना मानिसहरु कोरोनाबाट संक्रमण भएका छन् ।
कोरोनाका कारण एसियाली देशहरुमा ५९ हजार ९०३ जनाको मृत्यु भएको छ । २४ लाख ७३ हजार ४४९ जना संक्रमित भएकोमा १६ लाख ५३ हजार ३०३ जना निको भएका छन् ।युरोपियन देशहरुहरूमा १ लाख ९३ हजार ७९ जनाको मृत्यु भएको छ । २४ लाख ५४ हजार ४४६ जना संक्रमित भएकोमा १४ लाख ११ हजार ३०४ जना निको भएका छन् ।दक्षिण अमेरिकी देशहरूमा ९० हजार ८६३ जनाको मृत्यु भएको छ । २४ लाख २० हजार ४६७ जना संक्रमित भएकोमा १५ लाख ६४१ जना निको भएका छन् ।
उत्तर अमेरिकी देशहरुमा १ लाख ७३ हजार ४७० जनाको मृत्यु भएको छ । संक्रमितको संख्या ३३ लाख ७१ हजार ९१६ पुगेको छ । त्यसमध्ये १४ लाख ७५ हजार १११ जना निको भएका छन् । ओसिनियाका देहरुमा १२६ जनाको मृत्यु भएको छ । ९ हजार ८९७ जना संक्रमित भएकोमा ८ हजार ९१६ जना निको भएका छन् ।अफ्रिकी देशहरुमा १० हजार ९२० जनाको ज्यान गएको छ भने ४ लाख ५० हजार ६५८ संक्रमित छन् । संक्रमितमध्ये २ लाख १७ हजार ७०५ जना निको भएका छन् ।
प्रतिक्रिया