अन्तर्राष्ट्रिय

भारतमा नयाँ रेकर्ड, एकै दिन २४ हजारभन्दा बढी कोरोना संक्रमित



एजेन्सी, २१ असार ।  अहिलेसम्मकै सबैभन्दा बढी भारतमा कोरोना संक्रमितको नयाँ रेकर्ड कायम भएको छ । पछिल्लो २४ घण्टामा त्यहाँ अहिलेसम्मकै उच्च २४ हजार १५ जना संक्रमित भएका छन् । यो सँगै संक्रमितको संख्या ६ लाख ७३ हजार ९०४ पुगेको वल्डोमिटर्सको तथ्याङ्कमा उल्लेख छ ।

        भारतमा एकै दिन ६१० जनाको मृत्यु भएपछि भारतमा कोरोना भाइरसको संक्रमणबाट मृत्यु हुनेको संख्या १९ हजार २७९ पुगेको छ । कोरोना संक्रमणको सूचिमा विश्वमा चौथो र एसियाली मुलुकमा सबैभन्दा बढी कोरोना भाइरसको संक्रमण देखिएको भारतमा संक्रमितमध्ये ४ लाख ९ हजार ६२ जना निको भएका छन् । भारतमा कोरोना संक्रमित  अत्याधिक बढ्दै जाँदा त्यसको प्रभाव नेपालमा पनि पर्ने भन्दै चिन्ता व्यक्त गरिएको छ ।

प्रकाशित : २१ असार २०७७, आइतबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६