अन्तर्राष्ट्रिय

राष्ट्रसंघको चेतावनी बन्यजन्तुको दुरूपयोग भए घातक र ठूला महामारी आउन सक्ने



एजेन्सी, २३ असार । बन्यजन्तुको चोरी शिकार तथा दुरूपयोग हुने क्रम बढ्दै गएको खण्डमा भविष्यमा कोरोना भाइरसभन्दा घातक अरू ठूला खाले महामारी आउन सक्ने विज्ञहरूले चेतावनी दिएका छन् । जनावरबाट मानिसमा सर्ने (जुनोटिक रोग)हरु  बढ्दै गएको र वन्यजन्तु तथा वातावरण संरक्षणमा चासो नदिने हो भने त्यो अझै विस्तार हुने संयुक्त राष्ट्रसङ्घका विज्ञहरूले चेतावनी दिएका हुन्।

 जनाबरबाट मनिसमा सर्ने जुनोटिक भनिने रोगले हरेक वर्ष बीस लाख मानिसको ज्यान गइरहेको छ ।  बितेको एक शताब्दीमा हामीले कम्तीमा छवटा नयाँ प्रजातिका कोरोना भाइरसजस्ता महामारी देखेका छौँ,’ राष्ट्रसङ्घकी उपमहासचिव तथा वातावरण कार्यक्रमकी कार्यकारी निर्देशक इंगर एन्डरसनले भनिन्।

        कोरोना भाइरस (कोभिड –१९ को उत्पत्ति हुनु हुनुमा जनावरको मासुप्रति मानिसहरूको आशक्ति, अनुचित कृषि अभ्यास तथा जलवायु परिवर्तन कारक रहेको विज्ञहरूले ठम्माई छ ।राष्ट्रसङ्घको वातावरण कार्यक्रम तथा अन्तर्राष्ट्रिय पशुसेवा अनुसन्धान निकायले मानव, जनावर तथा वातावरणीय स्वास्थ्यबीच तादात्म्य हुनुपर्ने पनि बताएको बीबीसीले जनाएको छ। ५० वर्षयता मासु उत्पादन २६० प्रतिशतले बढेकोसमेत राष्ट्रसंघले जनाएको छ ।

       

प्रकाशित : २३ असार २०७७, मंगलबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६