अन्तर्राष्ट्रिय

डब्ल्युएचओबाट बाहिरिने प्रकिया अमेरिकाले सुरू गर्‍यो



एजेन्सी, २४ असार । विश्वको शक्तिशाली राष्ट्र अमेरिकाले डब्ल्युएचओबाट बाहिरिने प्रकिया अमेरिकाले सुरू गर्गरेको छ । विश्वमा महामारीको रुपमा फैलिएको कोरोना भाइरस (कोभिड–१९)  नियन्त्रण गर्न नसकेको नसकेको तथा चीनको पक्ष लिएको आरोप लगाउँदै डब्ल्युएचओ सँग सबैखाले सम्बन्ध तोडेको अमेरिकाले डब्ल्युएचओबाट घोषणा गरेको थियो ।  अमेरिका डब्लुएचओसँग बाहिरिने प्रक्रिया पूरा गर्न भने अब कम्तिमा १ बर्ष लाग्ने बीबीसीले जनाएको छ ।

        राष्ट्रपति डोनल्ड ट्रम्पले संयुक्त राष्ट्रसंघ र कंग्रेसलाई औपचारिक पत्र पठाउँदै डब्ल्युएचओबाट बाहिरिने औपचारिक प्रकिया सुरू गरेका हुन् । कोरोना संक्रमणको महामारी शुरु भएसंगै डब्ल्युएचओ चीनको नियन्त्रणमा आएको आरोप लगाउदै गत मेमै ट्रम्पले डब्लुएचओ छोड्ने घोषणा गरेका थिए ।

        विभिन्न संघ संस्था र युरोपेली युनियन ईयू लगायतले नछोड्न गरेको आग्रह अस्वीकार गर्दै ट्रम्पले राष्ट्रसंघीय नियोग छोडी त्यसलाई प्रदान गर्दै आएको सहयोग रकम अन्य स्थानमा खर्च गर्ने निर्णय गरेका थिए । अमेरिकाले डब्लुएचओलाई वार्षिक ४० करोड डलर रकम सहयोग गर्दै आएको छ डब्लुएचओको सबैभन्दा ठूलो दातृ मुलुक हो ।

प्रकाशित : २४ असार २०७७, बुधबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६