एजेन्सी, २४ असार । विश्वको शक्तिशाली राष्ट्र अमेरिकाले डब्ल्युएचओबाट बाहिरिने प्रकिया अमेरिकाले सुरू गर्गरेको छ । विश्वमा महामारीको रुपमा फैलिएको कोरोना भाइरस (कोभिड–१९) नियन्त्रण गर्न नसकेको नसकेको तथा चीनको पक्ष लिएको आरोप लगाउँदै डब्ल्युएचओ सँग सबैखाले सम्बन्ध तोडेको अमेरिकाले डब्ल्युएचओबाट घोषणा गरेको थियो । अमेरिका डब्लुएचओसँग बाहिरिने प्रक्रिया पूरा गर्न भने अब कम्तिमा १ बर्ष लाग्ने बीबीसीले जनाएको छ ।
राष्ट्रपति डोनल्ड ट्रम्पले संयुक्त राष्ट्रसंघ र कंग्रेसलाई औपचारिक पत्र पठाउँदै डब्ल्युएचओबाट बाहिरिने औपचारिक प्रकिया सुरू गरेका हुन् । कोरोना संक्रमणको महामारी शुरु भएसंगै डब्ल्युएचओ चीनको नियन्त्रणमा आएको आरोप लगाउदै गत मेमै ट्रम्पले डब्लुएचओ छोड्ने घोषणा गरेका थिए ।
विभिन्न संघ संस्था र युरोपेली युनियन ईयू लगायतले नछोड्न गरेको आग्रह अस्वीकार गर्दै ट्रम्पले राष्ट्रसंघीय नियोग छोडी त्यसलाई प्रदान गर्दै आएको सहयोग रकम अन्य स्थानमा खर्च गर्ने निर्णय गरेका थिए । अमेरिकाले डब्लुएचओलाई वार्षिक ४० करोड डलर रकम सहयोग गर्दै आएको छ डब्लुएचओको सबैभन्दा ठूलो दातृ मुलुक हो ।
प्रतिक्रिया