एजेन्सी, २७ असार । कोरोना भाइरस संक्रमणको हिसाबले विश्वमै तेस्रो सूचीमा रहेको भारतमा कोरोना भाइरसको संक्रमण बढ्दै गईरहेको छ । भारतमा तीन दिन यता लगातार २५ हजारभन्दा बढीमा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ ।
भारतमा शनिबार विहानसम्म एकै दिन २७ हजार ७२८ जना संक्रमित थपिएका छन् । योसँगै कोरोना संक्रमितको संख्या ८ लाख २२ हजार ५७० पुगेको वल्डोमिटर्सको तथ्याङ्कमा उल्लेख छ । संक्रमितको यो संख्या विश्वकै तेस्रो धेरै हो भने एसियामा सबैभन्दा धेरै हो ।
तीन दिनमा मात्रै भारतमा ७८ हजारभन्दा बढी संक्रमित थपिएका छन् । बिहीबार २५ हजार ५७१ जनालाई संक्रमण भएकोमा शुक्रबार बिहान २५ हजार ८०३ जना संक्रमित भएका थिए । यस्तै संक्रमणले मृत्यु हुनेको संख्या २२ हजार १४४ पुगेको छ । भारतमा ५ लाख १६ हजार २०६ जना कोरोना भाइरस मुक्त भएका छन् । भारत एसियामै सबैभन्दा बढी कोरोना भाइरस संक्रमित हुने राष्ट्र पनि हो ।
प्रतिक्रिया