अन्तर्राष्ट्रिय

भारतमा एकैदिन २७ हजार बढी कोरोना संक्रमित थपिए, संख्या ८ लाख ५० हजार भन्दा धेरै



एजेन्सी, २८ असार ।  भारतमा केही  दिनयता कोरोना संक्रमितको संख्यामा लगातार बृद्धि भएको छ । वल्डोमिटर्सको तथ्याङ्क अनुसार आइतबार बिहानसम्म ८ लाख ५० हजार ३५८ जनामा संक्रमण पुष्टि भएको छ  । संक्रमितको यो संख्या विश्वकै तेस्रो सूचीमा पर्दछ भने एसियामा सबैभन्दा धेरै हो ।  भारतमा ४ दिनमा संक्रमित हुनेको संख्या मात्रै १ लाख ६ हजार ८५७ छ ।

        भारतमा बिहीबार २५ हजार ५७१ जनालाई संक्रमण पुष्टि भएको थियो । त्यस्तै  शुक्रबार २५ हजार ८०३ र शनिबार २७ हजार ७२८ लाई पुष्टि भएको थियो भने आज आइतबार २७ हजार ७५५ जनामा संक्रमण पुष्टि भएको छ ।

        भारतमा  संक्रमणले मृत्यु हुनेको संख्या २२ हजार ६८७ पुगेको छ । पछिल्लो २४ घण्टामा थप ५४३ जनाको मृत्यु भएको छ ।  संक्रमितमध्ये ५ लाख ३६ हजार २३१ संक्रमणमुक्त भएका छन् भने २ लाख ९१ हजार ४४० जनाको उपचार भइरहेको छ । लकडाउन खुकुलो भएसँगै भारतमा संक्रमितहरु पनि बढ्दै गएका छन् । 

प्रकाशित : २८ असार २०७७, आइतबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६