एजेन्सी, २८ असार । भारतमा केही दिनयता कोरोना संक्रमितको संख्यामा लगातार बृद्धि भएको छ । वल्डोमिटर्सको तथ्याङ्क अनुसार आइतबार बिहानसम्म ८ लाख ५० हजार ३५८ जनामा संक्रमण पुष्टि भएको छ । संक्रमितको यो संख्या विश्वकै तेस्रो सूचीमा पर्दछ भने एसियामा सबैभन्दा धेरै हो । भारतमा ४ दिनमा संक्रमित हुनेको संख्या मात्रै १ लाख ६ हजार ८५७ छ ।
भारतमा बिहीबार २५ हजार ५७१ जनालाई संक्रमण पुष्टि भएको थियो । त्यस्तै शुक्रबार २५ हजार ८०३ र शनिबार २७ हजार ७२८ लाई पुष्टि भएको थियो भने आज आइतबार २७ हजार ७५५ जनामा संक्रमण पुष्टि भएको छ ।
भारतमा संक्रमणले मृत्यु हुनेको संख्या २२ हजार ६८७ पुगेको छ । पछिल्लो २४ घण्टामा थप ५४३ जनाको मृत्यु भएको छ । संक्रमितमध्ये ५ लाख ३६ हजार २३१ संक्रमणमुक्त भएका छन् भने २ लाख ९१ हजार ४४० जनाको उपचार भइरहेको छ । लकडाउन खुकुलो भएसँगै भारतमा संक्रमितहरु पनि बढ्दै गएका छन् ।
प्रतिक्रिया