स्वास्थ्य

गण्डकी प्रदेशका थप १२ जनामा कोरोना संक्रमण



पोखरा ४ साउन । गण्डकी प्रदेशका चार जिल्लामा थप १२ जनामा कोरोना संक्रमण देखिएको छ ।आइतबार पुष्टि भएका संक्रमितमध्ये सबैभन्दा बढी म्याग्दीका छन् । मालिका, मंगलामा २\२ जना र बेनी नगरपालिकामा १ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।यसैगरी पर्वतको जलजला गाउँपालिका र महाशिला गाउँपालिकामा १ १ जना, बागलुङको बडीगाड र काठेखोला गाउँपालिकामा १ जनामा कोरोना संक्रमित भेटिएका छन् ।

              स्याङ्जाको पुतलीबजार नगरपालिकामा १ जना र कालीगण्डकी नगरपालिकामा १ जनामा कोरोना भाइरस संक्रमित फेला परेको प्रदेश स्वास्थ्य निर्देशनालय जानकारी दिएको छ ।योसँगै गण्डकी प्रदेशमा संक्रमितको संख्या १ हजार २ सय ९० पुगेको छ । ९ सय ३८ जना निको भएर घर फर्केका छन् । मृत्यु हुने ४ जनामा कोरोना संक्रमण देखिएको थियो ।

प्रकाशित : ४ श्रावण २०७७, आइतबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६