लमही ८ असार ।प्रदेश ५ को राजधानीको मुख्य चर्चामा रहेको मध्ये पूर्व पश्चिम राजमार्ग दाङको मुख्य सडमा केरा रोपिएको छ । भालुवाङदेखि लमहीसम्मको सडक मर्मत नहुँदा जिर्ण बनेको सडकमा खाल्टा खुल्टीले आवत आवतमा निक्कै कठिनाइ भएपछि विरोध जनाउन यस्तो गरिएको स्थानीयको भनइछ ।
सडकको अवस्था जीर्ण बनेपनि सडक डिभिजन कार्यालय मुखर्दशक बनेको भन्दै यहाँका स्थानियवासीहरुले बिरोध स्वरुप सडकमै केराको बोट रोपेर बिरोध गरेका छन् । गत वर्ष देखिनै पटक पटक राजमार्ग मर्मत गर्न माग राख्दै आएपनि सुनुवाइ भने भएको छैन् ।लमही नगरपालिका वडा नम्वर १ नर्तिका बासीन्दाहरुले विच सडकमा केराको बोट लगाउदै सम्वन्धीत निकायको ध्यान आकर्षण गराएको बताएका छन ।
नर्ति निवासी घनश्याम खनाल भन्छन्, सडकको विच विचमा खाल्डा छन, मर्मत भएन त्यसैले बिरोध स्वरुप केरो रोप्यौं । यस्तो बाटोमा गाडी चलाउदा दुर्घटना हुने देखेर ध्यानाकर्षणका लागि सडकमै केरा रोपेको उनको भनाई छ ।हामी गत वर्ष पनि सडक डिभिजन कार्यालय दाङ, सडक विभाग सम्म सडकको अवश्थावारेमा डेलिकेशन गयौं ध्यान आकर्षण गरायौ तर आश्वासन मात्रै पायौ खनालले भने ।
प्रतिक्रिया