कपिलवस्तु १२ साउन।कपिलवस्तुका ७ वटा मुख्य बौद्ध सम्पदाको पुरातात्विक,साँस्कृतिक एवम भौतिक विकासका लागि लुम्विनी विकास कोषले बनाउन लागेको कपिलवस्तुको दिर्घकालिन गुरु योजना निर्माणमा ठोस सुझाव उपलब्ध गराउन सत्तारुढ दल नेकपा कपिलवस्तुले तयारी गरेकोछ । नेकपा कपिलवस्तुले जिल्लावाट केन्द्र तहमा प्रतिनिधित्व गर्ने संघिय सांसद, प्रदेश सांसद, केन्दिय नेता, प्रदेश कमिटिका नेता, पालीकाका प्रमुख तथा उपप्रमुख र जिल्ला स्तरका नेताहरु संग कपिलवस्तुको दिर्घकालिन गुरु योजनामा समेटिने विषयवस्तुलाई कसरी ब्यवस्थित रुपमा समावेश गर्न सकिन्छ भनेर राय सुझाव संकलनका लागि छलफल गरेको हो ।
कपिलवस्तु जिल्लाका वुद्ध संग सम्वन्धीत सम्पदा क्ष्ोत्रलाई समेटेर गुरु योजना निर्माणको काम अघि वढिरहेको सन्दर्भमा नेकपाले पनि यस विषयमा चासोका साथ सुझाव संकलन अघि वढाएको हो । लुम्विनी विकास कोषले दिर्घकालिन गुरु योजना बनाउन करिव डेढ वर्षवाट विभिन्न कृयालाप गर्दै आएकोछ । छिटटै जिल्लामा बृहत्त छलफल गर्दैछ । सोही छलफलमा पार्टिले ठोस योजना पेश गर्न छलफल गरेको नेकपाका जिल्ला अध्यक्ष झवीलाल पोख्रेलले प्रेसपाटीलाई वताउनु भयो ।
तौलीहवामा आयोजीत छलफल कार्यक्रममा नेकपाका केन्द्रिय सदस्य तथा जिल्ला ईन्चार्ज गिरधारीलाल न्यौपानेले कपिलवस्तुको दिर्घकालिन गूरु योजना वनेर कार्यान्वयमा आएपछि जिल्लाको पर्यटकीय विकासमा कायापटल हुने विश्वास व्यक्त गर्नु भयो ।राष्ट्रिय सभा सदस्य, नेकपा केन्द्रिय सदस्य तथा जिल्ला सह ईन्चार्ज विमला घिमिरेले संघीय सरकारले पहिलो पटक विशेष चासोका साथ गुरुयोजना बनाउन लुम्विनी विकास कोषलाई मार्गदर्शन प्रदान गरेको वताउनु भयो । उहाले गुरु योजना कर्यान्वयनमा ल्याउनका लागि विभिन्न दातृ निकाय संग सहयोग मागी स्रोत जुटाउन सरकारले सघाउने उहाले वताउनु भयो ।
नेकपाका जिल्ला अध्यक्ष झवीलाल पोख्रेलको अध्यक्षता र पार्टि सचिव रामचन्द्र शाह (विष्णु ) को संचालनमा आयोजीत कार्यक्रममा यस्तै नेकपाका केन्द्रिय सदस्य डोर प्रसाद उपाध्यायले वर्षौदेखि हुन नसकेको गुरु योजनाको काम लुम्विनी विकास कोष मार्फत हुनु खुसीको कुरा भएको उल्लेख गर्दै यसले जिल्लाको पर्यटकिय क्षेत्रको विकासमा मद्धत पुग्ने धारणा राख्नु भयो । कार्यक्रम मै आफ्नो भनाई राख्दै संघिय सांसद बृजेश कुमार गुप्ताले यो योजनाले जिल्लामा पर्यटकिय क्षेत्रलाई चमत्कारीक विकासका लागि मद्धत पुग्ने धारणा राख्नु भयो ।प्रदेश सांसद धरम वहादुर लाल श्रीवास्तवले सम्पदा आसपासको जग्गा अधिग्रहण गर्दा स्थानीयलाई समेत चित्त बुझाएर गर्नु पर्ने तर्क गर्नु भयो ।
२६ सय वर्षको लामो इतिहास बोकेको तिलौराकोट सहितका वौद्ध सम्पदा र जगदिशपुर तालको पर्यटकीय विकासलाई ध्यान दिएर वनाउन लागेको कपिलवस्तुको दिर्घकालिन गुरु योजनालाई ब्यवस्थित रुपमा लिखित सुझाव दिन नेकपाको तर्फवाट नेता डम्मर शर्माको संयोजकत्वमा १३ सदस्यीय कार्यदल गठन गरिएको छ । कार्यदलम तीनजना प्रदेश सांसद धरमवहादुर लाल श्रीवास्तव , अर्जुन केसी र सुस्मा यादव सदस्य रहनु भएको छ । त्यसैगरी सोही कार्यदलमा वावुराम खनाल,सरोज खनाल , भेषराज पाण्डे ,पोमनारायण पौडेल ,गुनाखर गैरे, गिता अन्जान ,चतुर्भुज पाण्डे र गोविन्द खनाल रहनु भएको छ । कार्यदले सवै क्षेत्र संग राय सुझाव संकलन गरि पार्टिको तर्फवाट लुम्विनी विकास कोषलाई लिखित रुपमा उपलव्ध गराउने छ ।
प्रदेश ५ को महत्वपूर्ण पर्यटकीय सम्पदा, राजा शुद्धोधनको दरवार, गौतम बुद्धले २९ बर्ष विताएको पावन भूमी र तत्कालिन शाक्य गणराज्यका साथै शुद्धोधनको राजदरवार तिलौराकोट, हजारौ शाक्यको सामुहिक बधस्थल सग्रहवा ,बुद्धले पहिलो पटक भिक्षुलाई सम्वोधन गरेको कुदान, कनकमुनि बुद्धको जन्मथलो निगालीकोट, क्रकुछन्द बुद्धको जन्मथलो गोटिहवा , वौदकालिन स्तुप भेटिएको अरौराकोट, सहितका ७ मुख्य बौद्ध स्थललाई समटेर दिर्घकालिन गुरु योजना अवको ४ महिनामा निर्माण पुरा गर्ने कोषका उपाध्यक्ष भिक्षु अबधेस कुमार त्रिपाठीले प्रेसपाटीलाई जानकारी दिनु भयो ।
मुख्य राजनैतिक दल र सरोकारवाला सबैलाई समेटेर सुझाव संकलन कार्यशाला कपिलवस्तु र प्रदेश स्तरमा गर्ने तयारी लुम्विनी विकास कोषले गरेको उपाध्यक्ष त्रिपाठीको भनाइछ । दिर्घकालिन गुरु योजना पुरा गर्न करिव १६ अर्व रकम आवश्यक पर्ने पूर्वानुमान रहेकोछ ।
प्रतिक्रिया