अर्थ-वाणिज्य

अनलाइन कक्षाका लागि एनसेल ,प्याब्सन र एनप्याब्सन बीच सहकार्य



काठमाण्डौ १८ साउन । एनसेल प्राइभेट लिमिटेड, राष्ट्रिय निजी तथा आवासीय विद्यालय एसोसिएसन नेपाल (एनप्याब्सन) र निजी तथा आवासीय विद्यालय सङ्घ (प्याब्सन) बीच सहकार्य भएको छ ।एनसेलले यो योजना अनलाइन कक्षाका लागि एनसेलको मोबाइल कनेक्टिभिटी प्रयोग गर्ने एनप्याब्सन र प्याब्सनको समझदारीका आधारमा ल्याएको हो ।कोरोना भाइरसका कारण बन्द भएको विद्यालयको पठनपाठनलाई मध्यनजर गर्दै अनलाइन कक्षा तथा सिकाइका लागि आकर्षक मासिक योजना ल्याइएको एनसेलले जनाएको छ । यस सहकार्यले विद्यार्थी, शिक्षक–शिक्षिका र विद्यालयलाई मोबाइल ब्रोडव्याण्डमा पहुँच सुनिश्चित गर्ने अपेक्षा एनसेलले लिएको छ ।

         यस मासिक योजनामा विद्यार्थी तथा शिक्षक\शिक्षिकाले भ्वाइस, डेटा र एसएमएसको बन्डल सेवा प्राप्त गर्दछन् ।विद्यार्थीले करबाहेक मासिक २५० रुपैयाँमा अनलाइन कक्षाका लागि आवश्यक पर्ने जुम, गुगल मिट र माइक्रोसफ्ट टिम्स प्रयोगका लागि २० जिबी डेटा, १ जिबी थ्रिजी\फोरजी डेटा, २ जिबी फोरजी डेटा, सीयूजी नम्बरमा कल गर्न हरेक दिन १२० मिनेट टकटाइम, ५० मिनेट अन नेट टकटाइम र ५० अन नेट एसएमएस सेवा प्राप्त गर्दछन् । 

प्रकाशित : १८ श्रावण २०७७, आइतबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६