अन्तर्राष्ट्रिय

भारतमा सङ्क्रमित राखिएको अस्पतालमा आगलागी ३ महिलासहित ८ जनाको ज्यान गयो



काठमाण्डौ २२ साउन । भारत गुजरातमा कोरोनाका बिरामी राखिएको अस्पतालमा आगो लाग्दा ३ महिलासहित ८ जना बिरामीको ज्यान गएको छ ।गुजरातको अहमदाबाद शहरको नवरंगपुर इलाकामा रहेको कोरोना सङ्क्रमित राखिएको अस्पतालमा आगो लागेको भारतीय सञ्चारमाध्यमले जनाएका छन् । राति ३ बजेतिर लागेको आगो एक घण्टामै निभाइए पनि ८ जनाको भने ज्यान गएको खबरमा उल्लेख छ ।  आगो लागेपछि त्यहाँ रहेका ४० जना बिरामीलाई एसपीवी अस्पताल सारिएको छ । अस्पतालमा रहेका सबै जना कोरोना सङ्क्रमित हुन् ।

         उद्धारमा खटिएका सबैजनालाई क्वरेण्टीनमा राखिएको छ । मुख्यमन्त्री विजय रुपाणीले घटनाबारे तत्काल छानविन गर्न निर्देशन दिनुभएको छ ।  विद्युत सर्ट भएर आगो लागेको भारतीय सञ्चारमाध्यमले जनाएका छन् ।

       यसैबीच भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले ट्वीटरमार्फत आगलागीको घटनाप्रति दुख व्यक्त गर्नुभएको छ । यसैबीच भारतमा कोरोना सङ्क्रमितको सङ्ख्या साढे १९ लाख नाघेको छ ।गएको २४ घण्टामा ५६ हजारभन्दा धेरैमा सङ्क्रमण पुष्टि भएसँगै सङ्क्रमितको सङ्ख्या १९ लाख ६४ हजार ५ सय ३७ पुगेको त्यहाँको स्वास्थ्य मन्त्रालयले जनाएको छ । मन्त्रालयकाअनुसार हिजोमात्रै ९ सय ४ जनाको कोरोना सङ्क्रमणका कारण ज्यान गएको छ ।भारतमा कोरोनाका कारण ज्यान गुमाउनेको सङ्ख्या साढे ४० हजार नाघेको छ । १३ लाख २८ हजार भने निको भएका छन् ।


प्रकाशित : २२ श्रावण २०७७, बिहिबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६