स्वास्थ्य

सेनाका सात जवान, बैंकर्स र चिकित्सकसहित ४३ जनामा कोरोना सङ्क्रमण पुष्टि



पर्सा २२ साउन । पर्सामा नेपाली सेनाका सात जना जवान, बैंकर्स र चिकित्सकसहित ४३ जनामा कोरोना भाइरसको सङ्क्रमण पुष्टि भएको छ ।नारायणी अस्पतालको पीसीआर ल्याबमा गरिएको पछिल्लो परीक्षणअनुसार थप ४३ व्यक्तिमा कोरोना भाइरस सङ्क्रमण पुष्टि भएको हो ।जसमध्ये रौतहट बाराका तीन जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ । अन्य ४० जना भने पर्साकै हुन । ४३ जना सङ्क्रमितमध्ये ११ जना नेपाली सेनामा कार्यरत छन् । सङ्क्रमितमध्ये ६ जना महिला रहेका छन । सङ्क्रमितमध्ये ५ जनामा ज्वरो र खोकीको लक्षण देखिएको नारायणी अस्पतालका मेडिकल सुपरिटेण्डेण्ट डा‍. मदनकुमार उपाध्यायले बताउनु भयो ।

        सङ्क्रमितमध्ये ७ जनाले आफैँले पैसा तिरेर स्वाब दिएर परीक्षण गराएका थिए । अन्य मास ट्रेसिङमा परेका, सङ्क्रमितहरुको कन्ट्याक्ट ट्रेसिङमा परेकाहरु हुन ।सङ्क्रमितमध्ये पर्साको  पकहामैनपुर गाउँपालिका र एक जना पोखरिया नगरपालिकाका एक जना रहेका छन् । २१ जना वीरगञ्जको विभिन्न वडामा बसोबास गर्ने रहेका अस्पतालले जनाएको छ । सङ्क्रमित हुनेहरुको उमेर ७ वर्षदेखि ७३ वर्षसम्म रहेको छ । सङ्क्रमित ६ जना महिलाहरुको उमेर ७,२२, ३५, ५३, ७३ रहेको छ ।सङ्क्रमितमध्ये  नेपाल इन्भेस्टमेन्ट बैंकका एक कर्मचारी समेत रहेका छन् । नारायणी अस्पतालको ओपीडीमा कार्यरत एक कर्मचारीमा समेत सङ्क्रमण देखिएको अस्पताल प्रशासनले जनाएको छ । 

प्रकाशित : २२ श्रावण २०७७, बिहिबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६