स्वास्थ्य

प्रचण्ड निवासमा खटिएका ६ जना सुरक्षाकर्मीमा कोरोना संक्रमण



काठमाडौँ २२ साउन  । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ निवास खुमलटारको बाहिरी घेरामा खटिएका ६ जना सुरक्षाकर्मीलाई कोरोना भाइरस संक्रमण पोजेटिभ देखिएको छ । बुधबार निवासमा कार्यरत सबै सुरक्षाकर्मी तथा अध्यक्ष प्रचण्डको परिवारका सबै सदस्यको स्वाब संकलन गरेर परीक्षण गरिएको थियो । जसमा ६ जना सुरक्षाकर्मीमा कोरोना भाइरस पोजेटिभ देखिएको हो । सुरक्षाकर्मीमा कोरोना देखिएपनि परिवारका कुनै सदस्यलाई संक्रमण नदेखिएको प्रचण्डका प्रेस संयोजक विष्णु सापकोटा ‘जुगल’ले रातोपाटीलाई जानकारी दिए । यद्यपी कुन दर्जाको सुरक्षाकर्मीलाई कोरोना देखिएको पुष्टि भएको छैन । 

प्रकाशित : २२ श्रावण २०७७, बिहिबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६