स्वास्थ्य

सिरहाका एक युवकको कोरोना संक्रमणबाट मृत्यु



 सिरहा २३ साउन। सिरहाका एक युवकको कोरोना संक्रमणबाट मृत्यु भएको छ ।गोलबजार नगरपालिका वडा नम्बर १२ निवासी २१ बर्षीय युवकको धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचारका क्रममा बिहीबार राति मृत्यु भएको सिरहा प्रशासनले पुष्टि गरेको छ ।सिरहाका प्रमुख जिल्ला अधिकारी प्रदीपराज कणेलका अनुसार मिर्गौला रोगी उनी डायलासिस सेवा लिन धरान पुगेका थिए ।प्रजिअ कणेलका अनुसार केही दिन अगाडि उनमा कोरोना संक्रमण पुष्टि भएको थियो । उनको शवलाई ल्याएर सिरहामै व्यवस्थापन गरिने छ ।उनको कन्ट्याक्ट ट्रेसिङ्गमा आएका परिवारका चार जनालाई क्वारेन्टिनमा राखिएको कणेलले बताए ।

प्रकाशित : २३ श्रावण २०७७, शुक्रबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६