कपिलवस्तु १४ भदौ ।दिदीबहिनीको अटल सौभाग्यको कामना गर्दै थारु समुदायले आज बरका अटवारी (आइतबारी) पर्व मनाएका छन् । कपिलवस्तुका थारु समुदायको बसोबास रहेका जिल्लाका यस क्षेत्रमा पर्वलाई विशेष महत्वका साथ लिदै आएको छ । कसैले गएको आईतवार मनाएका हुन भने वाणगंगा आसपासका क्षेत्रमा आज मनाएका छन् । तर, कोभिड १९ का कारण पहिलाको वर्ष जस्तो नभएको थारु अगुवाहरुको भनाई छ । आइतबारका दिन दाजुभाइले दिदीबहिनीको दीर्घायुको कामना गर्दै दिनभरि पानीसमेत नपिई व्रत बसी पुरुषद्वारा नै यस पर्वमा साँझ पख गुइँठाको आगोमा सल्लाको धूप बनाई बालेर भीमको पूजा गर्नु पर्ने चलन रहेको छ ।
व्रतपछि गहुँको पिठोबाट बनेको खुर्मा, अन्तीको चामलबाट वरिया, रोटीलगायतका पकवान र फलफूल अग्नि देवतालाई अर्पण गरी दिदीबहिनीलाई केही भाग छुट्याई बचेको बाँकी भाग व्रतालुले खाने चलन रहेको थारु अगुवा द्धारीका प्रसाद थारुले वताउनु भयो । यो पर्व थारु समुदायको दशैँपछिको ठूलो चाडपर्वका रुपमा रहेको छ ।
यसैविच कपिलवस्तु सहित देशभरका मुस्लीम समुदायले मोहर्रम पर्व मनाई रहेका छन् । आजैको दिन इमाम हुसैन सहिद हुनु भएकोले वहाँको यादमा मधेशी, थारु र मस्लिमहरुले पर्व मनाइरहे रहेका छन् । हिजारी सम्बद १४४२ को पहिलो महिना १० तरीखमा यो पर्व मनाउने मस्लिम धर्म गुरु अली हसनले बताउँनु भयो । कुनै मानोकाक्षा पुरन भएपछि हामी ताहजीय बनाउने चलन रहेको मानवअधिकारकर्मी राम दयाल ठाकुरले बताउनु भयो ।
मधेशी, थारु र मस्लिमहरुको आइतबार यो पर्व बिषेश पुजा आर्जन गरेर मनाउने चलन रहको ठाकुरले बताउनु भयो । यस पर्वले आपसी सदभाव गतिलो बनाएर उत्साह उत्पन्न गरेको छ । दुबै समुदायले कागजको मन्दिर तहजिया बाबा निकालेर आइतबार स्थानीय कार्वल (चिहान गडने ठाँउ) सेलाई पर्व मनाएका हुन् । पहिला वाजागाजा सहित मनाईने गरेको भएपनि यस वर्ष कोरोनाका कारण सिमित व्यक्ति सहभागी भई मनाईएको जनाईएको छ ।
प्रतिक्रिया