जीवनशैली

संक्रमणले फड्को हान्दै मन्त्री र डाक्टर सम्म पूग्यो



काठमाडौं, १६ भदौ । प्रदेश नम्बर १ का सामाजिक विकासमन्त्री जीवन घिमिरेलाई कोरोना संक्रमण देखिएको छ । विराटनगरस्थित प्रदेश प्रयोगशालामा गरिएको पीसीआर परीक्षणमा उहाको रिपोर्ट पोजेटिभ आएको हो ।यसैगरीबरिष्ठ स्त्रीरोग विशेषज्ञ डा। भोला रिजाललाई कोरोना संक्रकण भएको छ । उहाले आफू र श्रीमतीलाई कोरोना सङ्क्रमणसंक्रमण पुष्टि भएको बताउनु भएकोछ  ।

        संक्रमण देखिएपछि रिजाल अहिले ह्याम्स हस्पिटल, धुम्बाराहीको आइसोलेसनमा उपचार गराइरहनु भएको छ  । उहामा सामान्य लक्षण देखिएको छ ।भदौ १३ गते धनकुटा अस्पतालको निरीक्षणमा गएर फर्किएपछि उहालाई झाडापखाला लागेको र सोमबारदेखि ज्वरो आएपछि परीक्षण गराउदा सोमबार राति १० बजे मात्रै संक्रमण पुष्टि भएको हो ।मन्त्री घिमिरे सरकारका कामका शीलसिलामा ब्यस्त भएर विभिन्न अस्पतालको निरीक्षण गर्ने क्रममा संक्रमित बनेको अनुमान छ ।

      उहा शनिबार साँझदेखि निवासमै बस्नु भएको छ ।अत्यन्तै सावधानी अपनाएर काममा  खटिएका चिकित्सक र मन्त्री नै संक्रमित हुनुलाई यस अघिको संक्रमणले भन्दा फड्को हानेको मान्न सकिन्छ । यसको अर्थ अझ धेरै सावधानी संक्रमणवाट जोगिन जरुरी देखिएको छ । 

प्रकाशित : १६ भाद्र २०७७, मंगलबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६