स्वास्थ्य

बुटवलमा थप ११ जना प्रहरीमा कोरोना संक्रमण पुष्टि



बुटवल १६ भदौ । बुटवलमा थप ११ जना प्रहरीमा कोरोना संक्रमण पुष्टि भएको छ। लुम्बिनी प्रादेशिक अस्पतालको प्रयोगशालामा गरिएको परीक्षणको रिपोर्टअनुसार संक्रमण देखिनेहरु प्रहरी जवानदेखि अधिकृतसम्मका रहेका छन्।  २४ जनाको स्वाब संकलन गरेर पीसीआरका लागि पठाइएकोमा १९ जनाको परीक्षणमा ११ जनाको रिपोर्ट पोजेटिभ आएको छ भने बाँकीको रिपोर्ट आउन बाकीँ छ । प्रहरी कार्यालयका अरु ६ जनामा लक्षण देखिएपछि उनीहरुलाई क्‍वारेन्टिनमा राखिए छ । संक्रमण देखिएकाहरु बुटवल उपमहानगरपालिकाको कोरिया नेपाल टेक्निकल इन्स्टिच्युटको आइसोलेशनमा छन्।१५० भन्दा बढी प्रहरी रहेको इलाका प्रहरी कार्यालयमा संक्रमितको संख्या ३० पुगेको छ। 

प्रकाशित : १६ भाद्र २०७७, मंगलबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६